8 years ago
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– दुई रजत र त्यत्तिनै कास्य पदक जितेको नेपाल चीनमा भएको प्रथम उत्तरपूर्वी एसियन आइटिएफ तेक्वान्दो च्याम्पियसिपमा तेस्रो भएको छ । चिनको बेइजिङमा सम्पन्न च्याम्पियनसिपमा नेपालले अनुशासित टोली अवार्ड समेत जितेको अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।
डिसेम्बर १५ देखि सुरु भएको च्याम्पियनसिप मंगलबार सकिएको थियो । नेपालले व्यक्तिगततर्फ एक रजत र दुई कास्य तथा टिम इभेन्ट एक रजत जितेको छ । टिम फाइटमा फाइनलमा पुगेको नेपाल उत्तर कोरियासँग पराजित भएको थियो । टिम फाइटमा पुरन केसी,सुनिल बस्नेत,नाम्गेल तामाङ,रविन मगर र शिव पाण्डे सामेल थिए ।
सुनिल र नाम्गेलले व्यक्तिगत फाइटमा समेत कास्य पदक जिते । ६५ देखि ७० केजीमा सुनिल कोरियाली खेलाडीसँग र नाम्गेलले ७० देखि ७५ केजीमा चीनका खेलाडीसँग पराजित भएका थिए । पुरन केसीले ७५देखि ८० केजी तौल समुहमा रजत पदकमा प्राप्त गरे । उनी फाइनलमा चाइनिज ताइपेका खेलाडीसँग पराजित भएका थिए ।
च्याम्पियनसिपमा १० राष्ट्रका खेलाडीको सहभागिता थियो । च्याम्पियनसिपमा उत्तर कोरिया टिम च्याम्पियन,आयोजक चीन दोस्रो र नेपाल तेस्रो भयो । च्याम्यिनसिपमा नेपाली दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्जन धमलाको नेतृत्वमा रहेको नेपाली टोलीमा महासचिव अन्जु राउत र कोषाध्यक्ष बासु भटृ पनि रहेका छन् ।
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]