default_image

8 years ago

December 13, 2016

अन्तरविद्यालय टेबलटेनिसमा विजेश्वरी टिम च्याम्पियन

132 views

0 Bookmark

अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।
आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४ अंक बटुल्यो ।

table tennis

अन्तिम दिन गल्र्स डबल्समा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले विजेश्वरीका मारिया थापा मगर र अनुष्का सिम्खडाको जोडीलाई ११–८, ११–९, ३–११, ६–११ र ११–५ को सेटमा पराजित गरे ।

विजेश्वरीले आरुणीलाई ३–० को सोझो सेटमा हराउदै गल्र्स टिम इभेन्टको उपाधि हात पार्यो । यु–१२ ब्वाइज सिंगल्समा गुड स्टार्ट एकेडेमीका राविन चौलागाईंले स्वर्ण जिते । उनले फाइनलमा सेन्ट्रल पब्लिक स्कुलका सुप्रिमसिंह राठौरलाई ११–९, ११–९, ३–११ र ११–६ को सेटमा निराश पारे ।

यु–१४ र यु–१६ ब्वाइज सिंगल्सको उपाधि विजेश्वरीका सुजन खड्काले कब्जा गरे । उनले यु–१४ को फाइनलमा सेक्रेड हर्टका विकास तिम्सिना तथा यु–१६ को फाइनलमा आरुणीका सौगात राना मगरलाई समान ३–१ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।

मिक्स डबल्सको उपाधि विजेश्वरीका मारिया थापा मगर र सुजन खड्काको जोडीले जिते । उक्त जोडीले फाइनलमा आरुणीकी तृष्णा पुन र सुनील राना मगरलाई ३–० को सोझो सेटमा पाखा लगाए ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्ष ध्रुवराज न्यौपाने, एनप्याब्सनका केन्द्रीय सचिव प्रह्लाद दाहाल, आरुणीका प्रिन्सिपल हिक्मत दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राष्ट्रिय टेबलटेनिस खेलाडी राकेश महर्जनलाई सम्मान गरिएको थियो । प्रतियोगितामा विभिन्न ३५ विद्यालयका ३ सय ९२ प्रतिस्पर्धीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 19, 2025

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]

February 19, 2025

बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ अन्तिम १६ मा‌ पुगेको‌ छ। स्कटल्याण्डको‌ सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को‌ बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को‌ बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]

Success

Thank you for your time.