default_image

3 years ago

March 30, 2022

एमेच्योर सुभाषलाई वेस्टर्न अ‍ोपनमा अग्रता

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपनको पहिलो दिन १३ अ‍ौं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएकाले छन् ‌।

हिमालयन गल्फ कोर्स, पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन् । दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ स्कोर बनाए । स्थानिय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी १ अ‍ोभर ६९ स्कोरसाथ संयुक्त तेस्रो स्थानमा छन् ।

रामे मगर २ अ‍ोभर ७० स्कोरका साथ पाँचौ स्थानमा छन् । दिनेश प्रजापति, निरज तामाङ र धनबहादुर थापा ३ अ‍ोभर ७१ स्कोरका साथ संयुक्त छैटौं तथा भुवन नगरकोटी र रवि खड्का ४ अ‍ोभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन् । भुवनले सातौं होलमा होल इन वन प्रहार गरेपनि अन्तिम होलमा क्वाड्रपल बोगी खेप्न पुगे ।

एमेच्योर सुभाषले तेस्रो, पाँचौं, छैटौं, १३ अ‍ौं र १६अ‍ौं होलमा बर्डि प्रहार गरे । उनले नवौं होलमा डबल बोगी र १० अ‍ौं होलमा बोगी खेपे ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ ।
५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.