8 years ago
November 30, 2016
दोलालघाट – पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीले विजयी शुरुवात गरेका छन् । इन्द्रवती खोलाको विचमा मगंलबार भएको पहिलो खेलमा यो जोडीले मध्यपश्चिमाञ्चलका टेक र विक्रमको जोडीलाई २१–९ र २१–८ को सेटमा हराउदै प्री–क्वाटरफाइनलमा स्थान बनायो । अर्को खेलमा एपीएफ विका शुरेस र मिलनको जोडीले एपीएफ एका लक्ष्मण र दिनेशको जोडीलाई २१–१६,१९–२१ र १५–१२ को सेटमा हरायो ।
नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको महिलातर्फ पुलिसका कोपीला र कमलाको जोडीले जित हात पारे । उनिहरुको जोडीले आर्मी बीका गीता र सोफीयाको जोडीलाई २१–१३ र २१–६ को सोझो सेटमा हराए । दोस्रो खेलमा मध्यमाञ्चलका वर्षा र अजिताको जोडीले जित हात पारिन् । उनिहरुको जोडीले मध्यपश्चिमाञ्चलका लिला र जोडीलाई २१–५ र २१–१० को सोझो सेटमा हराए ।
प्रतियोगिताको उदघाटन पुर्व प्रधानमन्त्रि झलनाथ खनालले गरेका थिए । सो अवसरमा नेपाल भलिबल सघंका अध्यक्ष मनोरमन रञ्जन शर्मा,उपाध्यक्षद्धय यम गुरुङ र निरोज मास्के तथा महासचिव जितेन्द्र चन्द लगायतको उपस्थीती थियो । मंसिर १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष र महिलाको विजेता टोलीले २५ हजार,दोस्रोले १५ हजार र तेस्रो हुने जोडीले १० हजार नगद,ट्रफि र मेडल प्राप्त गर्नेछन् । महिलातर्फ १४ र पुरुषतर्फ १५ टिमलाई आठ समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ । चौथो सस्करणमा महिलातर्फको सरस्वती र नेविकाको जोडी तथा पुरुषको पाँचौ सस्करणमा शुरेष र महेन्द्रको जोडीले उपाधि जितेका थिए । दुवै जोडी एपीएफका हुन ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]