3 years ago
December 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन महिला टोलीको भव्य स्वागत भइरहँदा सोही प्रतियोगितामा भाग लिएर फर्केका पुरुष टोलीका खेलाडी भने आ आफ्नै तरिकामा घर फर्केनु परेको थियो ।
भनिन्छ, जित्नेको इतिहास लेखिन्छ । त्यसअर्थ स्वभाविक थियो महिला टोलीले न्यानो र भव्य स्वागतको हकदार थियो । त्यहि अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, पूर्व मन्त्री दलजित श्रीपाइली, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत भलिबलकर्मीले महिला टोलीलाई स्वागत गरे । त्यसपछि पत्रकार सम्मेलनमा मन्त्री गहतराज, महिला टोलीकी कप्तान अरुणा शाही, प्रशिक्षक जगदिश भट्ट र अध्यक्ष शर्माले आ आफ्नो भनाई राखे ।
तर, सँगै फर्केको पुरुष टोलीका खेलाडी भने त्यति बेलासम्म आ आफ्नो बाटो लागिसकेका थिए । उनीहरुको कसैको नजरमै परेनन् । पदक विहिन टोलीलाई सामान्य खादा माला पनि लगाइदिने कोहि भएन । जुनसुकै खेलमा राष्ट्रिय टोली अौपचारिक प्रतियोगिता खेलेर फर्कंदा स्वागत गर्ने गरिन्छ । चाहे बिर्सनलायक प्रदर्शन नै किन नहोस् । अझ पुरुष टोली एेतिहासिक पदकको सफलता बराबरी गर्नबाट चुकेको थियो ।
एउटै प्रतियोगितामा भाग लिन दुवै टोली सँगै बंगलादेश गएका थिए । त्यति बेला दुवै टोलीलाई सँगै विदाई गरिएको थियो । अघिल्लो दिन संघले विदाई कार्यक्रम नै राखेको थियो । तर, फर्कदा महिला टोली च्याम्पियन बनेर फर्कियो भने पुरुष टोली पदक विहिन । व्यवहार पनि त्यहि अनुसार गरियो । राष्ट्रलाई प्रतिनिधित्व गरेर फर्केका खेलाडीलाई सामान्य शिष्टाचार पनि देखिएन ।
पुरुष टोलीका व्यवस्थापक मंगल श्रेष्ठले फर्कने क्रममा संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बधाई कार्यक्रम राखिएको र त्यहाँ सबै जानुपर्छ भनेको पुरुष टोलीका कप्तान इम रानाले स्मरण गरे । उनले भने ‘तर एयरपोर्टमा आइसकेपछि नजाँदा पनि हुन्छ भनेपछि हामी आ आफ्नो बाटो लाग्यौं।’
पदक विहिन भएर फर्केपछि आफूहरुले स्वागतको अपेक्षा नराखेको उल्लेख गर्दै इमले भने, ‘हामीले त्यस्तो आशा पनि राखेका थिएनौं । महिला टोली च्याम्पियन भएर फर्केकाले टोली सम्मान स्वागतको हकदार छ । तर, एउटै ठाँउमा एकै प्रतियोगिता खेलेर फर्केको टोलीलाई सामान्य खादा सम्म लाइदिएको भए देख्नेहरुलाई अप्ठेरो लाग्ने थिएन । तर त्यस्तो केहि भएन ।’
इमले उखान जस्तै बलेको आगो ताप्नुलाई स्वभाविक माने । ‘हाम्रो केहि गुनासो पनि छैन । आशा गरेका पनि थिएनौं’, उनले भने,’ उनले थपे, जाँदा आउँदासँगै भएकोले समान्य गरेको भए अरुले देख्दा राम्रै हुन्थ्यो भन्ने मात्र हो ।’
पदकविहिन भएर फर्केपनि टोलीले समग्रमा राम्रो प्रदर्शन गरेको इमले बताए । राउन्ड रोविनमा उज्वेकिस्तानलाई हराएर नै नेपालले कास्य पदकको चुनौती पेश गरेको थियो । पछि सोहि टोलीसँग पराजित हुँदै नेपाल पदक विहिन बनेको थियो । ‘हामीले कास्य पदकको भिडन्तमा सोचे जस्तो खेल्न सकेनौं,’ उनले भने, ‘उनीहरुको स्तर पनि हामी भन्दा माथि नै थियो । अनुभव र खेल्ने शैली हाम्रो भन्दा राम्रो थियो ।’
टोलीले चान्स बल किल गर्न नसक्दा पनि सोचे जस्तो प्रदर्शन नभएको इमले स्मरण गरे । ‘केहि खेलाडी नचलेपछि प्रशिक्षकले जोखिम दिनुपर्थ्यो’, उनले थपे,‘ तर जोखिम लिइएन । जित्थ्यौं, जित्दैनथ्यौं अर्को पाटो हो तर अंक अन्तर कम हुन सक्थ्यो ।’
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]