default_image

3 years ago

March 7, 2022

एनएसजेएफ अवार्डमा केल्मीको साथ निरन्तर

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले केल्मीसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कामारु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक बिक्री–वितरक संस्था हो ।
सह–प्रायोजक बनेवापत केल्मी नेपालले अवार्डमा विजेता र मनोनित खेलाडीलाई टी शर्ट क्याप र गिफ्ट ह्याम्पर उपलब्ध गराउनेछ ।

१८ औं संस्करणको पल्सर अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ । अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् । अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।

Success

Thank you for your time.