default_image

7 years ago

March 12, 2018

सुरेन्द्र र कुुसुम युथ एशियन बक्सिङका लागि छनोट

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – झापाका सुरेन्द्र राई र नक्सालकी कुसुम तामाङ एएसबिसी युथ एशियन कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

सोमबार सुरेन्द्रले मकवानपुरका सन्दिप खतिवडालाई अंकका आधारमा पराजित गदै बैंककको टिकट काटेका हुन् । पुरुष ५६ केजी तौल समूहको अन्तिम छनोट खेलमा पाँचै जना निर्णायकले राईको पक्षमा निर्णय दिए पछि सन्दिप ५–० ले पछि परे । महिलातर्फको ५७ केजी तौल समूहमा नक्सालकी कुसुम तामाङ एकल प्रतिस्पर्धा भएपछि स्वतःछनोट हुन सफल भएकी हुन् ।

एएसबिसी युथ एशियन कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिप अप्रिल १९ देखि २८ सम्म थाइल्याण्डको राजधानी बैंककमा हुदैछ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले छनोटमा परेका खेलाडीलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

Success

Thank you for your time.