3 years ago
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा डिसेम्बरमा आयोजना हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ ।
नेपाल भलिबल संघको विहिबार बसेको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने जानकारी गराएको हो । बन्द प्रशिक्षणमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी र त्यसमा विभागीय नेपाल पुलिस क्लबका तीन खेलाडी (कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ) थपिने संघका सचिव मनवीर छन्त्यालले जानकारी गराए ।
एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडी प्रशिक्षणमा रहेपनि चोटका कारण रिया कुँवर टोलीबाट बाहिर छिन् । नेपाल प्रहरीको आन्तरिक तालिमका कारण पुनम, कामना र शान्तिकलाले त्यतिबेला प्रशिक्षणबाट बन्चित रहेका थिए । महिला टिमको प्रशिक्षकमा जगदिश भट्ट र भरत यादव रहनेछन् । टिम व्यवस्थापकमा ज्योति केसी रहनेछन् ।
नेपाली महिला टोली पहिलो संस्करणको सेन्ट्रल जोनको च्याम्पियन टोली हो । सन् २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपाल एक सेट पनि नगुमाई अपराजित रहँदै च्याम्पियन बनेको थियो । यसपटक पनि नेपालको लक्ष्य च्याम्पियन बन्ने हुनेछ ।
प्रशिक्षणमा सहभागी हुने २० खेलाडी :
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, लक्ष्मी चन्द, कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]