default_image

3 years ago

November 10, 2021

धारा नेपालगञ्ज म्याराथनको टिसर्ट सार्वजनिक

180 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद) – धारा सातौं नेपालगञ्ज म्याराथनको मिति नजिकिदै गर्दा टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो ।

आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले धारा सातौं नेपालगञ्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने दिए । उनले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न लागि परेको र यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

टिसर्ट सार्वजनिक गर्दै लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिव भीम वलीले नेपालगञ्ज म्याराथनले शहरलाई चिनाउने काम गरिरहेकाले सबै मिलेर यसलाई सफल बनाउनु पर्नेमा जोड दिए । उनले म्याराथन केवल दौडमात्रै नभएर शहरको पहिचान गराउने, पर्यटक भित्र्याउने सशक्त माध्यम भएको बताए ।

टिसर्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरुले नेपालगञ्ज म्याराथन उत्सव भएकाले सबैले मिलेर उत्सवमय बनाउनु सदस्य सचिव ओलीले बताए । उनीहरुले नेपालगञ्जलाई खेलकुदको शहरको रुपमा विकास गर्न म्याराथनले ठूलो भूमिका खेलिरहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमाल, राखेपका सदस्य सुमित्रा चौधरी, जिल्ला खेलकुद विकास समिति, बाँकेका अध्यक्ष मोहित शाह, उपाध्यक्ष कृष्णा पाठक, शहरका प्रतिष्ठित व्यक्तित्वहरु सञ्जय थापा, डा. अभिनिन्द्र मिश्र, शशी स्वाँर, विकास बज्राचार्य, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, तेजविक्रम शाह, सूर्यमणि अधिकारी, हेमन्त काफ्ले, म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले टिसर्ट सार्वजनिक गरेका थिए ।

सरकार र तत्कालिन विद्रोही माओवादीबीच भएको बृहत शान्ती सम्झौता (मंसिर ५ ) लाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ । मंसिरको पहिलो साताको पहिलो शनिबार आयोजना हुने म्याराथन यसपटक मंसिर ४ गते परेको छ ।

नेपालगञ्जको वीपीचोकबाट शुरु हुने म्याराथनमा सात हजारलाई सहभागी गराउने तयारी भइरहेको छ । त्यसका लागि आन्तरिक तयारी तिब्र रुपमा भइरहेको छ भने सरोकारवालासँग छलफल र बैठकहरु भइरहेका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्ने कार्यक्रममा महानायक राजेश हमाल, विश्व साइकलयात्री पुष्कर शाहलगायतको उपस्थिति हुने भएको छ ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.