3 years ago
November 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रसुवा जिल्लामा अर्को महिना प्रथम हाई अल्टिच्युड रसुवा माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साइक्लिङ संघ रसुवाको संयुक्त आयोजनामा मंसिर १८ गते माउण्टेन बाइक च्यालेन्ज हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिता कालिका गाँउपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्ति बजार, लामाटोल, गुम्बाडाडा, स्याउबरी हुँदै गणेश हिमाल, त्रिशुली, नौकुण्ड गाँउपालिका लोकिल, आरुखर्क, गोर्मु, किमोर्जोङ, खाल्चेत, जिवजिबे हुँदै ३५ किलोमिटर पार गरी कालिका हिमालय क्याम्पसमा अन्त्य हुने बताइएको छ ।
प्रतियोगिता पुरुषतर्फ एलिट, जुनियर र मास्टर विधामा तथा महिलातर्फ एलिट विधामा प्रतिपस्पर्धा हुने आयोजकले जनाइएको छ । प्रतियोगितामा राष्ट्रिय र स्थानीय गरी करिब १ सय ५० जना सहभागी हुने आशा गरिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा विदेशी प्रतिस्पर्धीलाई पनि समावेश गरिने भएको छ ।
एलिटतर्फको को विजेताले ४०, दोस्रोले २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले ७, पाँचौंले ६, छैटौंले ५, सातौंले ४, आठौंले ३, नवौंले २ र दसौंले १ हजार रुपैयाँ पाउनेछन् । मास्टर र जुनियरतर्फका विजेताले १५, दोस्रोले १० र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि दशौं स्थान हुनेहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्ने बताइएको छ । एक हजार दर्ता शुल्क बुझाई सहभागी हुन चाहानेले मंसिर १० गतेसम्म अनलाइनमार्फत फारम भर्नुपर्ने बताइएको छ ।
साहसिक खेलकुदको विकास तथा सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए । उनले प्रतियोगिताबाट सो क्षेत्रमा नयाँ खेलाडी उत्पादन हुने विश्वास लिइएको जनाए ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]