3 years ago
November 3, 2021
भरतपुर (हाम्रो खेलकुद) – कालिका ८ गैरीवारीले कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ब्रदर्स फुटसल एरेना क्षेत्रपुरलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै गैरीवारीले उपाधि जितेको हो ।
त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । पहिलो हाफको चौथो मिनेटमा नै गैरीवारीले अग्रता लिएको थियो । गैरीवारीका मनिष तामाङले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको क्षेत्रपुरले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहदा क्षेत्रपुरले बराबरी गोल फर्कायो । क्षेत्रपुरका प्रविण लिम्बुले गोल गरे । गैरीवारीका मनिष खेलको म्यान अफ दि म्याच घोषित भए ।
गैरीवारीले उपाधिसहित ४२ हजार र क्षेत्रपुरले २२ हजार रुपैयाँ प्राप्त गर्यो । कैलाश युथ क्लब भरतपुर ११ ले आयोजना गरेको प्रतियोगितामा ३२ टोलीको सहभागिता छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]