3 years ago
October 31, 2021
चितवन – चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् । चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित ग¥यो । चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे । सर्वश्रेष्ठका हार्दिक गुरुङले एक गोल फर्काए पनि हार टरेन ।
अर्को प्री क्वाटरफाइनल खेलमा राइजिङ स्टारले दासढुङ्गालाई टाई ब्रेकरमा ३–२ ले पराजित ग¥यो । निर्धारित समयमा एक–एक गोल भएपछि खेल टाई ब्रेकरमा धकेलिएको हो । त्यस अघि आजै समूह चरणका अन्तिम तीन खेल पनि भएको थियो । पहिलो खेलमा एफसीएन नौरङ्गेले एएफसी पिपलटारलाई १–० ले पराजित ग¥यो । नौरङ्गेको जितमा विप्लव गुरुङले निर्णायक गोल गरे ।
यस्तै दोस्रो खेलमा बागेश्वरी एफसीले गङ्गोत्री एफसीलाई १–० ले पाखा लगायो । बागेश्वरीको जितमा कुशन गुरुङले गोल गरे । समूह चरणको अन्तिम खेलमा क्षेत्रपुर फुटसल एरिनाले भरतपुर ९ एफसीलाई १–० ले हरायो । क्षेत्रपुरलाई जिताउन प्रविण लिम्बुले गोल गरे । यि तिनै टोली प्री क्वाटरफाइनल प्रवेश गरेका छन् ।
३२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल कात्तिक १७ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४२ हजार, दोस्रो टोलीले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको संयोजक सविन अधिकारीले बताए ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]