3 years ago
October 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) ले टोकियो पारालिम्पिक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
दुई महिना अघि भएको टोकियो पारालिम्पिक दुई फाइट जित्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् । रिपिचेजबाट अघि बढेकी पलेशा कास्य पदकको प्रतिस्पर्धामा पलेशा चीनकी खेलाडीसंग पराजित भएकी थिइन् । पलेशासंगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई सम्मानसहित समान ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई पाटन माविमा आयोजित कार्यक्रममा सम्मान गरे ।
पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पु¥याएवापत जनार्जन ढुंगेल र हाल क्यानाडामा रहेका पूर्व पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । आईओएफटीसीको आईओएफटीसी टिम नेपालमार्फत सबैलाई सम्मान गरेको बताइएको छ ।
एनओसी अध्यक्ष श्रेष्ठले पारा खेलाडीको स्तर बृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रिएता बढाउनु पर्नेमा जोड दिए । पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ बढी मिहिनेत गर्ने बताइन् ।
आईओएफटीसी अमेरिकाको मिचिगनमा
पारा खेलाडीलगायतको सम्मान लगत्तै आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण अमेरिकाको मिचिगनमा हुने जानकारी दिइयो । आईओएफटिसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए ।
यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण स्थगित गरिएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने ५ खेलाडी समेत छनोट गरिएको थियो ।
‘नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुंगो लागेको छैन । उनीहरुको ट्रेनिङको अवस्था बुझ्छौं अनी छलफल गरेर निर्णय गछौं ।’ संयोजक गोर्खालीले भने ‘छनोट गरेको लामो समय भएकाले सक्भर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुने छ ।’ प्रतियोगितामा २० राष्ट्रका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।
सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । ३ पुरुष र २ महिला गरी नेपालबाट ५ खेलाडीलाई सहभागी गराइने छ । विगतका १२ संस्करण मध्ये अमेरिकामा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङकङमा १–१ पटक प्रतियोगिता भएको थियो । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]