default_image

3 years ago

October 28, 2021

कैलाश कपको उद्घाटन खेलमा सर्वश्रेष्ठ विजयी

81 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता उद्घाटन खेलमा बिहीबार सर्वश्रेष्ठ नारायण्मी एफसी विजयी भएको छ । नारायणीले वनदेवी क्लबलाई २–१ ले पराजित ग¥यो । नारायणीको जितमा अजय गुरुङ र सागर लामाले गोल गरे । वनदेवीका अमर महतोले एक गोल फर्काए ।

बिहीबारका अन्य खेलमा दमौली एफसी, चन्डिभन्ज्याङ एफसी र दासढुंगा एफसी विजयी भएका छन् । बिहीबार विजेता सबै टोली क्वार्टरफाइनल पुगेका छन् । दोस्रो खेलमा दमौली एफसीले राइजिङ स्टार देवघाटलाई टाई ब्रेकरमा पराजित ग¥यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरमा भएको थियो । टाई ब्रेकरमा देवघाट २–१ ले बिजयी भयो ।

तेस्रो खेलमा चन्डिभन्ज्याङले आँपटारी एफसीलाई १–० ले पाखा लगायो । चन्डिभन्ज्याङको जितमा प्रवेश लामाको गोल निर्णायक बन्यो । चौथो तथा अन्तिम खेलमा दासढुङ्गा एफसीले भालुमारा एफसीलाई २–० ले पराजित ग¥यो । दासढुङ्गालाई जिताउन लक्ष्मण गुरुङ र डम्बर गुरुङले गोल गरे ।

प्रतियोगितामा शुक्रबार पनि ४ खेल हुनेछ । पहिलो खेलमा गडुवा एफसी र एफएफसी दासढुङ्गा,दोस्रो खेल रड्स रामपुर र आयाम युवा क्लब, आरआरएफसी हेटौंडा र पञ्चकन्या युथ क्लब तथा लगनशिल युथ गर्दास र नवदुर्गा एफसी कावासोतीबीच प्रतिस्पर्धा हुनेछ । कैलाश युथ क्लब भरतपु ११ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेकपा एमाले चितवनकी अध्यक्ष दिल कुमारी रावल (पार्वती) ले गरिन् ।

प्रतियोगितामा चितवन, नवलपरासी र मकवानपुरका ३२ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका विजेता सोझो फाइनल पुग्नेछन् । कात्तिक १७ गते हुने प्रतियोगिताको विजेताले ४२ र दोस्रो हुने टोलीले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सविन अधिकारीले जानकारी दिए ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.