3 years ago
October 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ ।
सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा पुस्ताका प्रेरणाका श्रोतमा रुपमा रहेका राजेश हमालको उपस्थितिले म्याराथनका आयोजकसँगै प्रायोजक, स्थानिय सहयोगी संघ, संस्था र स्थानियहरुको पनि हौसला बढ्ने विश्वास लिएको आयोजक नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताएका छन् ।
ठकुरी, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री, नेपालगन्ज म्याराथनका संस्थापक सदस्य जनकले बुधबार महानायक हमाललाई म्याराथनमा उपस्थितिका लागि निमन्त्रणा गरेको र उनले त्यसलाई स्वीकार गरेको बताइएको छ । हमालले आफू म्याराथनमा उपस्थित हुनका लागि उत्साहित रहेको पनि भेटका क्रममा बताएको ठकुरीले जानकारी दिए । आयोजक संस्थानका अनुसार नेपालमा आयोजना हुने स्थापित म्याराथनमा महानायक हमालको उपस्थिति हुन लागेको सम्भवत यो पहिलो अवसर हुनेछ ।
विगतमा जसरी केएल दुगड ग्रुपको उत्पादन धारा तेल नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक यथावत रहेको छ । सातौं धारा नेपालगञ्ज म्याराथनमा आशिर्वाद पेन्ट्स, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पे म्याराथनमा प्रत्यक्ष जोडिएको बताएको छ ।
कोरोनाका कारण गत वर्ष फुल म्याराथन र हाफ म्याराथन मात्र आयोजना गर्न सकिएको उल्लेख गर्दै नेपालगन्ज म्याराथनले यसपटक विगतमा जस्तै दश वटा इभेन्ट हुनेछन् । जसमा म्याराथन(४२.१९५किमी), हाफ म्याराथन(२१ किमी), १० किलोमिटर पुरुष खुल्ला, ५ किलोमिटर महिला खुल्ला, ५ किलोमिटर स्कूलस्तरीय छात्र, ३ किलोमिटर स्कूल स्तरीय छात्रा, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्वीलचियर प्रतिस्पर्धा रहेको बताइएको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]