3 years ago
October 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – यसै महिनको अन्त्यतिर सिन्धुपाल्चोक पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथ्लेटिक्स संघको समन्वयमा कात्तिक २७ गते मा आयोजना हुने भएको छ ।
पाँचपोखरी देखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटरको दुरीमा पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन हुनेछ । प्रतियोगितामा पुरुष र महिलाहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा बिहीबार आयोजित पत्रकार सम्मेलानमा जानकारी दिइयो । महिला र पुरुषतर्फको विजेताले समान ५० हजार, दोस्रो हुनेले ३० हजार,तेस्रो हुनेले २० हजार, चौथो हुनेले १० हजार र पाँचौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सिन्धुपाल्चोक जिल्लाका सहभागी हुने खेलाडीमध्येबाट प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । भेट्रान्सतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागी हुन प्रवेश शुल्क ३ हजार ५ सय, सिन्धुपाल्चोकतर्फबाट २ हजार ५ सय र विदेशी खेलाडीले ८० डलर तिनुपर्ने हुन्छ । प्रवेश शुल्कमा भने केहि हेरफेर हुन सक्ने आयोजकले जनाएको छ । म्याराथनमा सहभागी हुने सम्पूर्ण खेलाडीको खाना र बस्ने सबै सुविधा आयोजकले बेहोर्ने जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि झण्डै साढे २१ लाख खर्च हुने अनुमान गरिएको छ । तीन विभागीय टोलीसहित व्यक्तिगत रुपमा करिब १ सय ५५ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कुल खर्च मध्ये १० लाख परिषद्ले उपलब्ध गराउने र बाँकी अर्को आयोजक समितिले जुटाउने सदस्य–सचिव भण्डारीले बताए । त्यसका लागि दुई आयोजक परिषद्का सदस्य–सचिव भण्डारी, समितिका अध्यक्ष टासी शेर्पा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
पत्रकार सम्मेलनमा सदस्य–सचिव भण्डारीले अर्को संस्करणदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउने तयारी रहेको पनि बताए । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले प्रतियोगितालाई प्राविधिक रुपमा सहज बनाउन संघसंग सहकार्य गर्दा सहज हुने बताए ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]