default_image

3 years ago

October 27, 2021

कैलाश कप सेभेन ए साइड फुटबलमा ३२ टोली भिड्दै

216 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । कैलाश युथ क्लब भरतपुर ११ को आयोजनामा हुने चितवन, नवलपरासी र मकवानपुरका बिभिन्न ३२ टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका विजेता फाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेल सर्वश्रेष्ठ नारायणी र वनदेवी क्लबबीच हुनेछ । खेल दिउँसो १२ बजे कैलाश क्लबको मैदानमा सुरु हुनेछ । कात्तिक १७ गते हुने फाइनलको विजेताले उपाधिसहित ४२ हजार र दोस्रो हुने टोलीले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक सपिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ तथा सहप्रायोजकमा नव जागृति सामुदायिक वन रहेका छन् । कोभिडले थलेको खेल क्षेत्रलाई चलायमान बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण मरहट्ठाले बताए ।
प्रतियोगिताबाट स्थानीय खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रस्तुत गर्न अवसर मिल्ने मरहठ्ठाको विश्वास छ ।

दुई संस्करणको भरतपुर मेट्रो कप आयोजना गरिसकेको क्लबले यस पटक स्थानीय खेलाडीलाई प्रोत्साहनका लागि सेभेन ए साइड फुटबल आयोजना गरेको बताईएको छ । तेस्रो संस्करणको मेट्रो कप यसै वर्षको अन्त्य तिर गरिने अध्यक्ष मरहट्ठाले जानकारी दिए ।

प्रतियोगिताका मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईवी) ले फुटबलको बिकासका लागि सहकार्य गर्न आफुहरु सधैं तयार रहेको बताए । सह प्रायोजक नव जागृति सामुदायिक वनका अध्यक्ष देव गुरुङले यस किसिमको प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता बिकासमा सहयोग पुग्ने बताए ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.