3 years ago
October 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता भुपेन्द्र थापा आइवा पुरुष विश्व बक्सिङ च्याम्पिनसिपबाट बाहिरिएका छन् ।
सर्बियाको बेलग्रेडमा सुरु भएको च्याम्पियनसिपको दोस्रो दिन मंगलबार ६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडी हामरावीसँग ५–० ले पराजित भइका हुन् । पहिलो चरणअन्तर्गत तेस्रो राउन्ड सम्म चलेको खेलमा भुपेन्द्र २२ वर्षे फ्रान्सेली मुक्कुवाजसँग हारेका हुन् ।
त्यसअघि सोमबार ६७ केजी तौल समूहमा इराकी खेलाडीबाट वाकओभर पाउँदै १३ औं सागका अर्का स्वर्ण पदक विजेता सनिल शाही अन्तिम ३२ मा पुगेका थिए । इराकी खेलाडी इसाम अल अगाइडी रिङमा उपस्थित नभएपछि सनिल स्वत विजेता घोषित भएका हुन् । अब सनिलले बिहीबार आयोजिक सर्बियाका खेलाडीसँग अन्तिम १६ को प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
कात्तिक २० गते सम्म हुने प्रतियोगितामा सनिलसहित ४ नेपाली मुक्केबाजले भाग लिइरहेका छन् । भुपेन्द्र, सनिलसहित १३ औं सागका कास्य पदक विजेता पुरन राईले ५७ केजीमा र रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । वश्वका १ सय ५ राष्ट्रका ६ सय ५० खेलाडीले १३ वटा तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । हरेक तौल समूहको स्वर्ण पदक विजेताले एक लाख, रजत पदक जित्ने ५० हजार र कास्य पदक जित्ने दुर्ई खेलाडीले २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]