default_image

3 years ago

October 26, 2021

मन्त्रीलाई खेलाडी संघको स्वागतसँगै ज्ञापन पत्र

479 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ‘यहाँ आउने अधिकांश हामी अभिभावक पनि हौं । तर, हामी आफ्ना सन्तानलाई खेलकुदमा लाग भन्न सक्ने अवस्थामा छैनौं,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ युवा तथा खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई दिने कार्यक्रममा यसो भनिरहँदा नेपाली खेलकुदको वर्तमान अवस्थाको झल्को दिइरहेको थियो ।

खेलाडी संघ र नेपाल ओलम्पियन संघका पदाधिकारीसहित पुरान दुई खेलाडीका साथ सिंहदरबारस्थित खेलकुद मन्त्रालय पुगेका खेलाडीको टोलीले मन्त्री महेश्वर जंग गहतराजलाई शुभकामना र बधाई दिदै खेलाडीका पक्षमा केहि न केहि कदम चाल्न आग्रह गरेका छन् ।

दक्षिण एसियाली खेलकुद (साग) का तीन स्वर्ण पदक विजेता बैकुण्ठ मानन्धरले नयाँ पुस्ताका खेलाडीलाई आशा जगाउन पनि पूराना खेलाडीलाई सम्मान गर्न आवश्यक रहेको बताएका छन् । ओलम्पिक भएका नाताले सरकारबाट मासिक ४ हजार रुपैयाँ पाउँदै आएको प्रसंग कोट्याउँदै मानन्धरले भने,‘ ४ हजारमा पनि कर कट्टा गर्दा ३ हजार ४ सय रकम पाउँछौं । हामीले पैसाको आशमा खेलेका हौइनौं । तर यत्तिले नयाँ पुस्ताका खेलाडी कसरी आकर्षित हुन सक्ला । कम्तीमा पनि १० हजार रुपैयाँ गर्न आवश्यक छ ।’

देशका लागि खेल्न पाउनुनै आफूहरुका लागि ठूलो भएको स्मरण गर्दै मानन्धरले थपे, हामीले चिया र विस्कुटको भरमा देशका लागि खेल्यौं । केहि पाउनका लागि होइन, देशको सम्मान बढाउनका लागि खेलेका हौं । तर खेलाडीको त्यो भावनाको कदर भएको छैन ।’

हालै ओलम्पियन संघको अध्यक्षमा निर्वाचित ओलम्पियन दीपक विष्टले तीन दशक लामो खेल जीवनमा थुप्रै खेलकुद मन्त्री र राखेप सदस्य सचिव देखेको उल्लेख गर्दै भने, हरेक पटक नयाँ मन्त्री र सदस्य सचिवलाई आफ्ना माग राख्नुपर्ने अवस्था छ । त्यसको अन्त्य हो भन्ने चाहन्छौं । कसको समयमा खेलाडीका लागि कस्तो काम भएको छ भन्ने खेलाडीले मुल्याङ्कन गरिरहेको पनि बताए । खेलाडीले पाउँदै आएको सेवा सुविधाको निश्चिताका लागि मन्त्री गहतराजको पहल आवश्यक रहेको पनि उनले सुनाए ।

खेलाडी संघले सोही अवसर मन्त्रीलाई ८ बुँदे ज्ञापन–पत्र बुझाएको थियो । मन्त्री गहतराजले आफूले केहि न केहि देखिने गरि काम गर्ने वचन दिए । उनले आफूले कसैलाई पनि सल्लाहकारको रुपमा नियुक्त नगर्ने जनाउँदै भने, मेरो मुख्य सल्लाहकार भनेको तपाई खेलाडीहरु नै हो । म तपाईहरुसँग मिलेर काम गर्नेछु ।’

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.