3 years ago
October 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाल बक्सिङ संघका अध्यक्षसहितलाई कारवाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायत सरोकारवाला निकायलाई आइतबार ध्यानाकर्षण गराएको छ ।
लोकतान्त्रिक बागमती प्रदेशले सर्वियाको बेलग्रडमा आयोजना हुने २१ औं आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने बक्सिङ खेलाडीका लागि बिहीबार राखेको विदाईमा खेलाडी र प्रशिक्षकलाई जानबाट रोक लगाएकोमा त्यसको भत्सर्नासहित त्यसरी रोक्नेलाई छानबिन गरि कारवाहीको माग गरेको छ ।
‘ट्रायकसुट प्रदानसहित खेलाडीलाई विदाई गर्न कार्यक्रम आयोजना गरिएकोमा बक्सिङ संघलाई पूर्व सूचना गर्दा गर्दै खेलाडीलाई उपस्थित हुन रोक लागाएको बक्सिङ संघका पदाधिकारी र प्रमुख प्रशिक्षकले देखाएको खेलभावना र खेलकुद क्षेत्रलाई बदनाम बनाउने कार्यको भत्सर्ना गर्दै त्यस्ता कार्य गर्नेहरुलाई छानविन गरि कार्यवाही गर्न माग गर्दछ,’ लोकतान्त्रिक प्रदेश खेलकुदका अध्यक्ष दीपक गुरुङको नेतृत्वमा गएको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
खेलकुद मन्त्री गहतराजले ध्यानकर्षण पत्र बुझ्दै के कस्तो भएको हो त्यसको बारेमा छानबिन गरि निर्णय गर्ने जनाएको अध्यक्ष गुरुङले जानकारी दिए । संघले राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सचिव एवं विभागिय प्रमुख कुलबहादुर थापा र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई सोही ध्यानाकर्ण पत्र बुझाएको हो । सचिव थापा र अध्यक्ष श्रेष्ठले पनि खेलाडी सबैको साझा भएकाले नियोजित रुपले कसैसँग व्यक्तिगत कारण खेलभावना विपरित कार्य गर्न नहुने भन्दै यसका बारेमा छानविन तथा पत्राचार गरि निर्णय गर्ने लिइने जनाएको अध्यक्ष गुरुङ बताए ।
बक्सिङ संघका अध्यक्ष राम अवालेले भने संघलाई बाईपास गर्दै कार्यक्रम आयोजना गरेको र अन्तिम समयमा कार्यक्रमका बारेमा जानकारी दिएकोले खेलाडीलाई नपठाएको बताएका थिए । बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापाले भने संघका अध्यक्षले स्वीकृति नदिएकाले कार्यक्रममा भाग नलिएको बताएका थिए ।
कात्तिक ८ गते देखि २० गते सम्म हुने च्याम्पियनसिपमा विश्वका १ सय ५ राष्ट्रको १३ वटा तौल समुहमा ६ सय ५० जना खेलाडीको सहभागिता रहने बताइएको छ । च्याम्पियनसिपका हरेक तौल समुहमा स्वर्ण पदक विजेताले एक लाख डलर, रजत पदक जित्ने ५० हजार डलर र कास्य पदक जित्ने दुर्ई जनाले समान २५ हजार अमेरिकी डलर प्राप्त गर्ने बताइएको छ ।
बक्सिङ संघले आयोजना गरेको बक्सिङ प्रतियोगिताको प्रदर्शनका आधारमा छनोट समिति च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको जनाएको छ । जसमा ४८ केजी तौल समुहमा रविन थापा, ५७ केजी तौल समुहमा पुरन राई, ६३.५ केजी तौल समुहमा भुपेन्द्र थापा र ६७ केजी. तौल समुहमा सनिल शाही रहेका छन् । भुपेन्द्र र सनिल १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक र पुरन कास्य पदक विजेता हुन् । प्रशिक्षकमा प्रमुख प्रशिक्षक प्रकास थापामगर, प्रशिक्षकमा किशोर लिम्बु र अफिसियलमा मान बहादुर भण्डारी र प्रनिर अधिकारी छन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]