default_image

3 years ago

October 23, 2021

नेहा पावर लिफ्टिङको ओभर अल च्याम्पियन

189 views

0 Bookmark

विजय नेपाली, पोखरा

नेहा बानु महिला पावर लिफ्टिङको ओभरअल च्याम्पियन बनेकी छिन् । ६० केजी मुनी र ६० केजी माथिको तौल समूहको विजेतामा उत्कृष्ट बन्दै अक्स स्ट्रेन्थकी नेहा ओभर अल च्याम्पियन बनेकी हुन् । ओभरअल च्याम्पियनमा ६० केजी मूनी तौल समूहकी विजेता नेहाले ६० केजी माथि तौल समूहकी विजेता शर्मिला शाहलाई पछि पारेकी थिइन् ।

५९.२ केजीकी नेहाले आफ्नो तौल भन्दा झण्डै ५.७ गुणा बढि तौल (समग्रमा ३ सय ४१ केजी भार) उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् । नेहाले च्याम्पियन बेल्टसहित ८० हजार रुपैयाँ रुपैयाँ प्राप्त गरिन् । ८१.३ केजीकी शर्मिलाले कुल ३ सय ६५ किलो तौल उचालिन् । गोर्खा क्लासिक नेपालको आयोजनामा पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा भएको च्याम्पियनसिपमा नेहाले ६० केजी तौल समूहको उपाधि जितिन् ।

नेहाले ब्रेन्च प्रेसमा ७० केजी, स्क्वाटमा १ सय २८ केजी र डेडलिफ्टमा १ सय ४३ केजी गरि समग्रमा ३ सय ४१ केजी भार उचालेकी थिइन् ।
त्यो समूहमा अक्स स्ट्रेन्थकै पुनम तामाङ दोस्रो र बब्स जिमकी ज्योती थापा तेस्रो भइन् । पुनमले ब्रेन्च प्रेसमा ६० , स्क्वाटमा १ सय २३ र डेडलिफ्टमा १ सय ४० गरि कुल ३ सय २३ केजी भार उचालेकी थिइन् । ज्योतीले ब्रेन्चप्रेसमा ६५, स्क्वाटमा १ सय १५ र डेडलिफ्टमा १ सय ३८ कुल ३ सय १८ केजी भार उठाएकी थिइन् । नेहाले उपाधिसहित २५, पुनमले १५ र ज्योतिले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

समग्रमा ३ सय ६५ केजी तौल उचाल्दै शर्मिलालले ६० केजी तौलको उपाधि जितेकी थिइन् । उनले बेन्च प्रेसमा ७०, स्क्वाटमा १ सय ४७ र डेडलिफ्टमा १ सय ४८ केजी उचालेकी थिइन् । त्यो समूहमा सिमा गुरुङ दोस्रो र निबोध अरोबिक्सकी कोमल थापा तेस्रो भइन् । सिमाले बेन्च प्रेसमा ६५ किलो, स्क्वाटमा १ सय ४३ र डेडलिफटमा १ सय ५३ गरि समग्रमा ३ सय ६१ केजी भार उठाइन् । कोमलले बेन्च प्रेसमा ५०, स्क्वाटमा १ सय ३८ र डेडलिफ्टमा १ सय २० गरि कुल ३ सय ८ केजी भार उचालेकी थिइन् । शर्मिलाले उपाधिसहित २५, पुनमले १५ र कोमलले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

एक दिने प्रतियोगिताको ६० केजी मुनीको तौल समूहमा ८ र ६० केजी माथिको तौल समूहमा ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसअघि गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले च्याम्पियनसिपको उद्घाटन गरेका थिए ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.