default_image

3 years ago

October 22, 2021

ए डिभिजनका ३ क्लबले बेलबारी गोल्ड कप खेल्ने

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोरङको डागिहाट युथ क्लबको आयोजनामा अर्को साताबाट चौथो अन्तर्राष्ट्रिय आमान्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । बुद्ध एयरको मुख्य प्रायोजनमा कात्तिक ११ गते सुरु हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

लक्ष्मीमार्ग रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा ए डिभजिन टोली च्यासल युथ क्लब र झापाको रोलिङ क्लब धुलाबारीबीच हुने आयोजकले जनाएको छ । त्यो समूहमा अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लब र उदपुरको गाइघाट फुटबल क्लब रहेको छ । त्यस्तै अर्को समूहमा ए डिभिजन टोली समेत रहेको एपिएफ क्लब, भारत पश्चिम बंगालको आमुक्त परिवार, रारा फुटबल क्लब र आयोजक डागिहाट युथ क्लब रहेका छन् ।

टुबोर्ग प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहयोगमा बेलबारी नगरपालिका, सह प्रायोजकमा लक्ष्मी सामुदायिक वन, बेलबारी नगरपालिकाका सबै वडा, सहयोगीमा मल्टीमिशन ट्रेनिङ सेन्टर धरान तथा प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको छ ।

कात्तिक १७ गते हुने प्रतियोगिताको फाइनलको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार, विधागत उत्कृष्ट खेलाडीले समान ११ हजार तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.