default_image

3 years ago

October 22, 2021

खेलाडीसँग पूर्व राजपरिवारको चियापान

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमानी कोषले शुक्रबार तिहार र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दा खेलाडीहरुलाई पनि महत्वका साथ निमन्त्रणा गरिएको थियो ।

झण्डै दुई वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासहित ओलम्पियन, पूर्व खेलाडीलगायतलाई निमन्त्रणा गरिएको थियो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवंम् आठौं र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठका अनुसार कोषले खेलाडीलाई कार्यक्रममा सहभागी हुन व्यक्तिगत निमन्त्रणा कार्ड पठाएको थियो ।

पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको कोषको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाहको पनि उपस्थिति थियो । कोषले कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुसँग शुभकामना आदान प्रदानका लागि कार्यक्रम आयोजना गरेको थियो ।
सोल्टी होटलमा भएको कार्यक्रममा औपचारिक कार्यक्रम भने नरहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठले बताए ।

हिमानी शाहले नै अतिथिहरुलाई स्वागत गरेकी थिइन् । पूर्व राजाले खेलाडीसहित आमन्त्रित अधिकांशसँग अनौपचारिक कुराकानी गर्दै तस्बिर समेत खिचाएका थिए । पारस शाह, हिमानी शाहसँग पनि खेलाडी, कलाकारले तस्बिर खिचाएका थिए । श्रेष्ठले कोषले पहिलो पटक खेलाडीहरुलाई कार्यक्रममा बोलाएको बताए ।

१३ औं सागमा नेपालले ५१ स्वर्णसहित २ सय ७ पदक जितेको थियो । सन् १९८४ बाट सुरु भएको सागमा नेपालले सबैभन्दा बढी पदक १३ औं सागमा जितेको थियो । पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा रहेको थियो ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.