default_image

3 years ago

October 18, 2021

सिलवाल स्वदेश नआइपुग्दै सदस्य सचिवबाट बर्खास्त

198 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका हैसियतमा विदेश यात्रामा रहेका रमेश सिलवालको स्वदेश फर्कदा भने पद नै नरहने भएको छ । माल्दिभ्सबाट स्वदेश फर्कने क्रममै उनी सदस्य सचिवबाट बर्खास्तमा परेका हुन् । मन्त्री परिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिए ।

राष्ट्रिय फुटबल टोली सहभागी साफ च्याम्पियनसिपको फाइनल हेर्न सिलवाल असोज २९ गते अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगै माल्दिभ्स पुगेका थिए । फुटबल टोलीले भने आज बिहानै स्वदेश आइपुगिसकेको छ । सिलवालको हवाई टिकट अनुसार आज राती ९:३० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन् ।

फुटबल टोलीसँग सिलवालको यो दोस्रो यात्रा हो । यसअघि इराकविरुद्धको मैत्रीपूर्ण खेल र कुवेतमा भएको विश्व कप तथा एसियन कप छनोटका क्रममा पनि पूरा टुरमा उनी टोलीका साथ नै थिए । मन्त्री गहतराजले सिलवालको काम प्रति सरकार सन्तुष्ट हुन नसकेका कारण बर्खास्त गरेको बताएका छन् । ‘मन्त्रालय र राखेपबीच उहाँले समन्वय गर्न सक्नुभएन’, खेलकुद मन्त्रीले भने, ‘खेल क्षेत्रको विकासका लागि उहाँले गर्नु भएको प्रतिबद्धता अनुसार काम हुन नसकेपछि बर्खास्त गरेका हौं ।’

सिलवाललाई स्पष्टिकरणको मौका दिइएको र जवाफ सन्तोषजनक हुन नसकेको मन्त्री गहराजको भनाई छ । ‘हामीले उहाँलाई सफाईको मौका दिएका थियौं । मन्त्रीपरिषदले स्पष्टिकरण मन्त्रालय मार्फत मागेको थियो’, उनले भने, ‘तर उहाँले आफ्नो प्रतिबद्धता अनुसार काम गरेको पाइएन । कानुन सम्मत र स्पिरिट अनुसार देखिएन । मन्त्रीपरिषदमा उहाँको स्पष्टिकरणको जवाफको छलफल भयो । तर चित्त बुझ्ने अवस्था भएन । त्यसैले हटाइयो ।’

मन्त्री गहतराजले अब राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त हुने र उनकै नवौं राष्ट्रिय खेलकुद आयोजना गरिने पनि जानकारी दिए । नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए । तत्कालिन मन्त्री परिषद्ले ३ जनाबाट उनलाई छनोट गरेको थियो ।

गत वर्ष पदमुक्त भएको झन्डै तीन सातापछि उनी सदस्य सचिव पुनः नियुक्त भएका थिए । मन्त्री परिषदबाट नियुक्त हुने पहिलो सदस्य सचिव बनेका सिलवालको पदावधि ४ वर्ष भएपछि झन्डै ३ वर्ष समय बाँकी रहँदै बर्खास्तमा परेका हुन् । नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहने सिफरिस समितिले एक महिलासहित ३ जना नाम मन्त्री परिषद्लाई सिफारिस गर्नेछ ।

खेलकुद ऐनमा राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।

पहिलो पटक २०७६ असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल गत वर्ष असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए । उनको नेतृत्वमा नेपालले २०७६ मंसिर १५ देखि २४ सम्म १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो । सिलवाल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् ।

March 31, 2025

एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

Success

Thank you for your time.