3 years ago
October 18, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा परेका छन् । मन्त्री परिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिए ।
मन्त्री गहतराजले सिलवालको काम प्रति सरकार सन्तुष्ट हुन नसकेका कारण बर्खास्त गरेको बताएका छन् । ‘मन्त्रालय र राखेपबीच उहाँले समन्वय गर्न सक्नुभएन’, खेलकुद मन्त्रीले भने, ‘खेल क्षेत्रको विकासका लागि उहाँले गर्नु भएको प्रतिबद्धता अनुसार काम हुन नसकेपछि बर्खास्त गरेका हौं ।’
सिलवाललाई स्पष्टिकरणको मौका दिइएको र जवाफ सन्तोषजनक हुन नसकेको मन्त्री गहराजको भनाई छ । ‘हामीले उहाँलाई सफाईको मौका थियौं । मन्त्री परिषदले स्पष्टिकरण मन्त्रालय मार्फत मागेको थियो,’ उनले भने, ‘तर उहाँले आफ्नो प्रतिबद्धता अनुसार काम गरेको पाइएन । कानुन सम्मत र स्पिरिट अनुसार देखिएन । मन्त्री परिषदमा उहाँको स्पष्टिकरणको जवाफको छलफल भयो । तर चित्त बुझ्ने अवस्था भएन । त्यसैले हटाइयो ।’
मन्त्री गहतराजले अब राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त हुने र उनकै नेतृत्वमा नवौं राष्ट्रिय खेलकुद आयोजना गरिने पनि जानकारी दिए । नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए । तत्कालिन मन्त्री परिषद्ले ३ जनाबाट उनलाई छनोट गरेको थियो ।
गत वर्ष पदमुक्त भएको झन्डै तीन सातापछि उनी सदस्य सचिव पुनः नियुक्त भएका थिए । मन्त्री परिषदबाट नियुक्त हुने पहिलो सदस्य सचिव बनेका सिलवालको पदावधि ४ वर्ष भएपछि झन्डै ३ वर्ष समय बाँकी रहँदै बर्खास्तमा परेका हुन् । नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहने सिफारिस समितिले एक महिलासहित ३ जना नाम मन्त्री परिषद्लाई सिफारिस गर्नेछ ।
खेलकुद ऐनमा राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।
पहिलो पटक २०७६ असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल गत वर्ष असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए । उनको नेतृत्वमा नेपालले २०७६ मंसिर १५ देखि २४ सम्म १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो । सिलवाल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]