3 years ago
October 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दोलखाको चरिकोटमा अर्को झण्डै दुई सातापछि पहिलो हाइ अल्टिच्युट आरडब्लू च्याम्पियनसिप आयोजना हुने भएको छ ।
नेपाल रिङ रेस्लिङ संघ र प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजना कात्तिक १३ गते चरिकोटको भ्यू टावरस्थित फुटमैदानमा च्याम्पियनसिप आयोजना हुने आइतबार चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
कोभिड महामारीले थलिएको पर्यटन प्रबर्दनका लागि च्याम्पियनसिपले सहयोग पुग्ने अपेक्षा राखेको छ । एक दिनको च्याम्पियनसिपमा नुवाकोटे टाइगर, थाग, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोनलगायतको अन्य महिला र पुरुष खेलाडीको सहभागिता रहने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
२९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको च्याम्पियनसिपमा ५ लाख २५ हजार पुरस्कार रहेको बताइएको छ । च्याम्पियनसिपको हेभी वेट च्याम्पियनले १ लाख ५० हजार, हाइस्कोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइटवेट च्याम्पियनले ५० हजार, ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
च्याम्पियनसिप सञ्चालनका लागि आयोजकले राष्ट्रिय खेलकुद परिषद् (राखेप), भिमेश्वर नगरपालिकालगायत दोलखाका स्थानिय तह , नीजि क्षेत्र र अन्यले सहयोग गर्ने अपेक्षा राखेको जनाएको छ । रिङ रेस्लिङ विकासका लागि संघले एकेडेमी सञ्चालन समेत गर्दै आएको छ । संघले गत वर्ष पोखरामा र यसैबर्षको सुरुवातमा नुवाकोटको सूर्य चौरमा च्याम्पियनसिपको आयोजना गरेको थियो । पछिल्लो समय रिङ रेस्लिङको लोकप्रियता बढ्दै गएको संघको दाबी छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]