3 years ago
October 12, 2021
एन के शरद, रौतहट
वान टिम वान गोल क्लब बटुवाले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लगानशिल युवा क्लब भट्टिरागीलाई १–० ले हराउँदै वान टिम वान गोल क्लबले उपाधि जितेको हो । प्रदेश नं २ को रौतहट हिमालीबास फुटबल मैदानमा भएको फाइलनमा सुखारी चौधरीको गोलमा वान टिम वान गोल क्लब च्याम्पियन बनेको थियो ।
विजेता टोलीले उपाधिसहित २० हजार र दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । फाइनलमा गोल गरेका सुखारी खेलको म्यान अफ दी म्याच चुनिाएका थिए भने लगनशिल युवा क्लबका चन्दन चौधरी प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिएका थिए । प्रतियोगितालाई सगुन बेकरी क्याफे चपुर, चंखे रेष्टुरेन्ट निजगढ, देव होटल कोल्भी, श्रेष्ठ हार्डवेय हिमालीबास, दिलु कस्मेटिक हिमाली बजार, मनकामना सुनचाँदी पसल कोल्भीले प्रायोजन गरेको थियो ।
जेष्ठ नागरिक रत्नबहादुर श्रेष्ठ, आयोजक क्लबका अध्यक्ष अर्जुन श्रेष्ठ र सुशील लम्साललगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । सरोज भुजेल रेफ्री रहेको फाइनलमा प्रल्हाद खरेल र समिर भुजेल सह रेफ्री रहेका थिए । स्थानिय दर्शकको उल्लेख उपस्थितिमा रहेको थियो । हिमाली युवा क्लब दुवाराको आयोजनामा असोज १३ गतेबाट सुरु भई मंगलबार सम्पन्न भएको प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]