3 years ago
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानित गरेको छ । एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्रले सम्मानित गरेको हो ।
टोकियो ओलम्पिकमा नेपालले चार खेल (एथलेटिक्स, पौडी, जुडो र सुटिङ) मा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पारालिम्पिकमा एक मात्र खेलाडीका रुपमा पारा तेक्वान्दा खेलाडी पलेशा गोबद्र्धनले भाग लिएकी थिइन् । एथलेटिक्सबाट सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार, पौडीबाट महिलामा गौरिका सिंह र एलेक्स शाह रहेका थिए ।
प्रशिक्षकमा एथलेटिक्साट सन्तोष श्रेष्ठ, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, पौडी प्रशिक्षक शंकर कार्की र सुटिङका प्रशिक्षक असिम यादव सम्मानित भएका हुन् । यस्तै पारालिम्पिक खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भए ।
खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनले नेपाली संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका संयोजक हिमाल गुरुङलगायतले सम्मानित गरे । कार्यक्रममा वरिष्ठ खेल पत्रकार श्याम चित्रकार र निरन्जन राजवंशीलगायत विभिन्न खेलका खेलकर्मी तथा प्रशिक्षकहरु पनि सम्माननित भए ।
सोही अवसरमा उसु, जुडो, कराते र तेक्वान्दोका खेलाडीले आ आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए । एनआरएनए स्पोर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीलाई लक्षित गर्दै मार्सल आर्टस् च्याम्पियनसिप आयोजना गर्ने एकेडेमीका प्रविधिक निर्देशक स्वयम्भूराज डंगोलले कार्यक्रममा जानकारी दिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]