default_image

3 years ago

October 10, 2021

तेक्वान्दो संघका अध्यक्ष राणा एसियन युनियनको सदस्य निर्वाचित

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियामा भएको भर्चुअल निर्वाचनबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएको तेक्वान्दो संघले जनाएको छ ।

एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्रमध्ये निर्वाचनमा ६५ जना सहभागी थिए । त्यसमध्ये जसमा २८ जना काउन्सिल सदस्य र विभिन्न राष्ट्रका ३७ प्रतिनिधि सहभागी थिए । राणा यसअघि युनियनमा मनोनित सदस्यका रुपमा रहेका थिए । राणा केहि दिन अघि तेस्रो पटक तेक्वान्दो संघमा सर्वसम्मत निर्वाचित भएका थिए ।

भैरहवामा असोज १६ गते भएको निर्वाचनमा राणासहित कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चयन भएका थिए । २०७० मा झापाको बिर्तामोडमा भएको संघको दोस्रो अधिवेशनबाट पहिलो पटक संघको अध्यक्ष निर्वाचित भएका थिए । त्यसयता उनले लगातार संघको नेतृत्व गरिरहेका छन् ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.