3 years ago
October 10, 2021
काठमाडौ (हाम्रो खेलकुद)– शहिद धर्मभक्त माथेमाको जन्मदिन असोज ९ गते पारेर मनाइएको प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसर पारेर व्यायाम व्यवसायी संघ, काठमाण्डौले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
शारीरिक सुगठन खेलको उत्थानमा निरन्तर लागि रहनुभएका नेपालका अग्रज खेलाडी श्री शिवलाल श्रेष्ठ निर्णयक, गोविन्द चित्रकार, तथा खेल फोटोग्राफर श्याम चित्रकार लाई शनिबार सम्मान गरिएको हो । पूर्व युवा तथा खेलकुद मन्त्री कृष्ण गोपाल श्रेष्ठ, पूर्व अतिरिक्त प्रहरी महानिर्देशक विजयलाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव श्री राजन श्रेष्ठ, एनएफबिएफका महासचिव अजय बज्राचार्य, नेपाल भारत्तोलन संघका सचिव कुमार श्रेष्ठ, भक्तपुर शारीरिक सुगठन सघका अध्यक्ष बाबुकाजी मानन्धर, एनवाईएफसी नेपालका फाउन्डर सुकदेव कार्की लगायतको उपस्थिति थियो ।
पूर्व मन्त्री श्रेष्ठले अग्रज पुस्ताहरुको सम्मान कार्यक्रमहरुबाट खेलको माध्यमबाट राष्ट्रको लागि केहि योगदान गरौ भन्ने भावना हरेक खेलाडीमा जागृत हुने विश्वास व्यक्त गरे । प्रथम मिष्टर नेपाल समेत रहेका शिवलाल श्रेष्ठले यस्ता कार्यक्रमको निरन्तर आयोजनाले ओझलमा परेका अग्रज पुस्ताका खेलाडीलाई सम्मान गर्न सुझाव दिए । व्यायाम व्यवसायी संघ काठमाण्डौंका सचिव जगन्नाथ अधिकारीले नयाँ पुस्ताले बिर्सिन लागेका शारीरिक सुगठन खेलमा महत्त्वपूर्ण योगदान पुर्याउने अग्रज ब्यक्तिहरुलाई संघले हरेक बर्ष सम्मान गर्ने जानकारी गराए ।
संघका सदस्यहरूलाइ सदस्यताको प्रमाणपत्र वितरण गर्नुका सो अवसरमा २०७७ सालमा एसईई परीक्षामा उत्तीर्ण गरेका व्यायाम व्यवसायी संघमा आबद्ध सदस्यका छोराछोरीहरु लाई पनि सम्मान गरिएको थियो । सम्मान छनोट समितिका संयोजक बुद्धि जंग कार्कीले नेपाल शारीरिक सुगठन खेलको इतिहास खोजकर्ता तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष, सितु प्रसाद श्रेष्ठका साथै विभिन्न सरोकारवाला व्यक्तिहरुसँग सल्लाह सुझाव दिएको जानकारी दिए ।
संघका अध्यक्ष तथा कार्यक्रमका सभापति सूरेश सुवेदीले व्यवसायिक हकहितका लागि गठित यस संघले व्यवसायिक हक हितका लागि पहल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरी देशको विश्वा सामू चिनाउन सक्ने खेलाडी उत्पादन गर्ने योजना रहेको बताए । करिब १ सय २० ब्यायाम व्यवसायीहरुको उपस्थिति रहेको सोही अवसरमा गत चैत २८ गते आयोजना गरिएको स्वर्गीय रुप कार्की मेमोरियल स्ट्रोङ्गेष्ट पावरलिफ्टिङ्ग मिट २०७७ का निर्णायक, प्रायोजक, स्वयंसेवक तथा सहयोगी संघसंस्था तथा व्यक्तित्वहरुलाई प्रमाणपत्र वितरण गरियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]