3 years ago
October 9, 2021
नेपालगन्ज (हाम्रो खेलकुद)- सातौं धारा नेपालगन्ज म्याराथन मंसिर ४ गते शनिबार आयोजना हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्याण्ड्सले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ गरे ।
आजदेखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजक अध्यक्ष टीएस ठकुरीले जानकारी गराए । बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने उनले बताए ।
पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
नगद पुरस्कार राशीमा वृद्धि गरिने आयोजक अध्यक्ष ठकुरीले जानकारी गराए । ‘पुरस्कार राशीमा वृद्धि अवश्य हुनेछ, साथै हामी यसबर्ष अन्य केही सरप्राइज प्याकेज पनि घोषणा गर्दैछौं ।’ अध्यक्ष ठकुरीले भने–‘विद्युतीय प्रविधिको प्रयोग भरपुर सदुपयोग गरी म्याराथनको स्तरोन्नति गरेर अगाडि बढ्दैछौं, वेभसाइटमाथि लगानी पहिलो प्रयास हो ।’ म्याराथन विजेताका लागि बर्षभरि प्रशिक्षणको व्यवस्थापनमा आवश्यक लगानीका लागि प्रायोजकहरुसँग परामर्श गरिरहेको पनि उनले बताए ।
नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगन्ज म्याराथनले बर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् । टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताए ।
धारा शुद्ध तोरीको तेल केएल दुगड ग्रुपको उत्पादन हो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले धारा नेपालगन्ज म्याराथनसँग पाँचौं संस्करणदेखि निरन्तर जोडिन पाएकोमा बैंक परिवारले गौरवको अनुभुति गरेको बताए ।
फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाले हरेक सहभागीले फोन पे नेटवर्क प्रयोग गरी दर्ता शुल्क भुक्तानी गर्न सकिने भएकाले सबैलाई सहज हुने धारणा व्यक्त गरे ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]