default_image

3 years ago

October 5, 2021

मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई लाफा भलिबल उपाधि

71 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

मदन भण्डारी स्पोर्टस एकेडेमीले लाफा बि लेभल भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शिवनगर सामुदायिक वनको कोर्टमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाई २–१ ले हराउँदै उपाधि जितेको हो । एकेडेमीले लाफालाई २५–१६,२५–२७ र १५–१३ ले हराएको थियो ।

न्यु होराइजन स्पोर्ट्स क्लब प्रतियोगितामा तेस्रो बन्यो । नमस्ते गुल्मी भलिबल ग्रुप २५–२३ र २५–२१ को सोझोले हराउँदै न्यु होराइजन तेस्रो बनेको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीले ४० हजार, आयोजक टोलीले २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडी सम्मिलित ४० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स लाफाका सागर लामिछाने, उत्कृष्ट सेटर मदन भण्डारीका विनोद बि क, उत्कृष्टसर्भर लाफाका यम आले, उत्कृष्ट स्पाइकर मदन भण्डारीका गौरव खत्री, राइजिङ प्लेयर्स दिप बोर्डिङका सन्दिप नेपाली र उत्कृष्ट खेलाडी मदन भण्डारीका बबिन थापा चुनिए ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, बुटवल उपमहानगरपालिका वडा ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण घिमिरे , मिलिजुली टोल विकास समितिका अध्यक्ष निर्मला महत, लाफा समूहका अध्यक्ष तारा सिं रेश्मी, उपाध्यक्ष उपाध्यक्ष बबिन थापा, खेल संयोजक केशव राना तथा समूहका संरक्षक बासुदेव लामिछानेले विजेता ,उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.