3 years ago
October 3, 2021
दिपक न्यौपाने, बुटवल
लाफा समूहको आयोजनामा बुटवलमा जारी बी लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ को पहिलो चरणको खेल सम्पन्न भएका छन । मौसमको खराबीका कारण प्रतियोगिता समापन गर्ने भनिएको दिनसम्म पहिलो चरण मात्र सम्पन्न भएको आयोजक समुहका अध्यक्ष तारा रेश्मीले बताए ।
आइतबार रातीसम्म भएको पहिलो चरणको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सैनामैना भलिबल सघलाई २–१, चरङे युवा क्लब (बी) ले इभ्यालुएसन तामनगरलाई २–१, नमस्ते गुल्मी (बी) ले सेन्ट जोसेफ माविलाई २–१, जितेश्वरी युवा क्लबले न्यु होराइजन मा बि (बी)लाई २–१, दिप बोर्डिङले नव प्रभात जितपुर ४ नम्बरलाई २–१ ले पराजित गरेको छ ।
त्यस्तै आयोजक लाफा निलोले सिद्धार्थ युवा क्लबलाई २–०, लाङघाली युवा क्लबले सक्रिय युवा क्लबलाई २–१ सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेका छन् । नयाँगाउ भलिबल क्लब र प्रहरी तालिम केन्द्र बुटवलले वाक ओभर पाउदै अघिल्लो चरणमा पुगेको प्रतियोगिता सयोजक केशव रानाले बताए ।
प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी भएका खेलाडीले भाग लिन नपाउने प्रतियोगितामा ४० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ४० हजार, दास्रोले २०, तेस्रोले १० र चौथो टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरस्कार रकम बेलायत निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रवि) थापा र दिपेन्द्र थापाले प्रायोजन गरेको बताइएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]