3 years ago
October 3, 2021
बुटवल (हाम्रो खेलकुद)– विक्रम डम्बरपाल र कोमल कुमारी थापाले प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टििङ प्रतियोगिताको उपाधि जितेका छन् ।
नेपाल पावर लिफ्टिङ संघको तत्वावधानमा व्यायम व्यवसायी संघ रुपन्देहीको आयोजनामा शनिबार भएको प्रतियोगिता पुरुषतर्फ कुल ४ सय ३१ केजी वजन उचाल्दै विक्रम च्याम्पियन बनेका हुन् । कोमलले कुल २ सय ९२ केजी तौल उठाउँदै महिलातर्फको उपाधि जितेकी हुन् । विजेताले उपाधिसहित समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
छनोट चरण पार गर्दै ३० जना खेलाड फाइनल राउण्डमा प्रवेश गरको थिए । बुटवल ३ स्थित सिद्धबाबा पार्टी प्यालेसमा भएको फाइनल राउण्डमा पुरुष ६५ केजी वजन भन्दा माथिको समूहमा प्रकाश चौधरी पहिलो मनोज मल्लाह दोश्रो र प्रस गुरुङ तेस्रा भए । त्यस्तै ६५ केजी वजन भन्दा मुनिको समूहमा बिक्रम डम्बरपाल विजेता, उदयराज पाण्डे दोश्रो र आबिष्कार खड्का तेस्रो भए ।
महिला तर्फ ६० केजी भन्दा माथीको समुहमा कोमल कुमारी थापा प्रथम निधिका नेपाल दोश्रो र शान्ति थापा तेस्रा भइन् । महिला ६० केजी भन्दा मुनिको वजन समुहमा मिना कुमारी खाम्चा पहिलो, मन्जिता राजभण्डारी दोश्रो र प्रविना रोकाया तेस्रो भइन् ।
विजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको मुख्य अतिथि सनराइज बैंकका प्रबन्धक नविन थापा रहेका थिए । प्रतियोगिताको संचालन नेपाल पावर लिफ्टिङ संघको प्रतियोगिता संचालन समितिका सदस्य उत्सव अधिकारीले गरेका थिए ।
विजयी खेलाडी मुख्य अतिथि थापा, अध्यक्ष थापा श्रेष्ठ, पावर लिफ्टिङ संघ प्रतियोगिता संचालन समितिका सचिव सुरेश सुवेदी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले पुरस्कत गरे । सनराइज बैकले मुख्य प्रायोजन गरेको प्रतियोगिताको मुख्य निर्णायक बुद्धिजंग कार्की तथा निर्णायक शिवध्वज राई ,केशब बहादुर शाक्य, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ र सुकदेव कार्कीले गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]