default_image

3 years ago

October 1, 2021

लाफा भलिबलमा ४० टोली भिड्दै

116 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल लाफा समूहको आयोजनामा बी लेभल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । दिपनगर स्थित शिवनगर सामुदायिक वनको खेलमैदानमा पत्रकार र आयोजक लाफा समूह बीचको मैत्रीपूर्ण खेलमा लाफा विजयी भएको थियो ।

लाफा समूहका पूर्व खेलाडीको समूह ३–१ ले विजयी भएको थियो । पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै लाफाले खेलमा अग्रता लिएको थियो । तर तेस्रो सेटमा पत्रकारको टोली २५–१९ ले विजयी भएको थियो । चौथो सेट लाफाले २५–२२ आफ्नो पक्षमा पार्दै खेल जितेको थियो ।

शिवनगर सामुदायिक वन विकास समितिका अध्यक्ष नारायण बहादुर घिमिरेले प्रतियोगिताको उद्घाटन गरे । खेल विकासका लागि पूर्वाधार विकास हुने पर्नेमा जोड दिदै उनले शिवनगर वन क्षेत्रमा खेलग्रामको योजना अगाडि बढाउन ३ तहकै सरकारबीच सहकार्य अघि बढेको बताए ।
धेरै खेलका सुविधा सम्पन्न मैदान बनाउने गरि गुरुयोजना तयार भएको जनाउँदै घिमिरेले कुनै बेला नेपालमा खेलाडीलाई सरकारी र गैरसरकारी संस्थाहरुले नियुक्ति गरेको स्मरण गरे । उनले पछिल्लो समय ब्यवसायिक खेलमा अगाडि बढ्न नसकेको गुनासो गरे ।

समाजसेवी चक्र बहादुर राना, देवेन्द्र थापा, नगर खेलकुल विकास समितिका अध्यक्ष नन्दु काउचा, वन विकास समितिका कोषाध्यक्ष राजेन्द्र रिजाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारी, रुपन्देही स्नुकर तथा पुल हाउस संघका अध्यक्ष गजेन्द्र श्रेष्ठ, समुहका उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले युवाहरुको खेल विकासमा सबैको पहल जरुरी रहेको बताए।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टोलीको सहभागिता रहेको आयोजक समूहका अध्यक्ष तारा रश्मी मगरले जानकारी दिए । ३ दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित ४० हजार, दोस्रो टोलीले २० हजार, तेस्रो टोलीले १० हजार र चौथो टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विजेतादेखि चौथो टोलीको पुरस्कार रकम ७५ हजार रुपैयाँ बेलायती निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रवि)थापा, दिपेन्द्र थापाबाट प्राप्त भएको जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि ९ लाख रुपैयाँ बढी खर्च हुने प्रतियोगिता संयोजक केशव रानाले बताए । उनले खेलप्रेमी र विभिन्न संघसंस्थाको सहयोगबाट प्रतियोगिता गर्न लागेको बताए । लाफा समूहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समूहका खेलाडीले विहान र साँझ गरि प्रशिक्षण प्रशिक्षक विजय गुरुङले बताए । रोल्पा, रुकुम, स्याङ्जा, पाल्पाका खेलाडी पनि एकेडेमीमा प्रशिक्षण लिइरहेको बताइएको छ । एकेडेमीका पनि दुई टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको प्रशिक्षण गुरुङले जानकारी दिए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.