default_image

3 years ago

October 1, 2021

मस्कोमा अनुको विजयी सुरुवात

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले रसियाको मस्कोमा सुरु भएको कराते वान प्रिमियर लिगमा विजयी सुरुवात गरेकी छिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनुले ५५ केजी कुमुतेमा आफू भन्दा माथिल्लो वरियताकी स्पेनिस खेलाडीलाई ४–१ ले हराउँदै अर्को चरणको यात्रा पक्का गरेकी हुन् ।

करातेको विश्व वरियताको १ सय ६३ औंमा रहेकी अनुले ६१ औं स्थानमा रहेकी खेलाडीलाई हराएकी हुन् । अबको चरणमा अनुले वरियताको छैटौं स्थानमा रहेकी ब्राजिलियन खेलाडीको सामना गर्ने छिन् । प्रिमियर लिग ¥याङकिङ प्रतियोगिता समेत रहेको छ ।

प्रतियोगितामा विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीको सहभागिता रहेको छ । हरेक तौल समूहमा बिश्वका ६४ खेलाडी रहेको बताइएको छ ।

११ औं सागमा रजत पदक जितेकी अनुले झन्डै दुई वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा स्वर्ण पदक जितेकी थिइन् । उनले एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरिसकेकी छिन् ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.