3 years ago
September 30, 2021
दिपक न्यौपाने, बुटवल
मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो ।
बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम गरि खेल मैदान तयार गर्ने आवश्यक तयारी भएको एकेडेमीका उपाध्यक्ष युवराज सारुले जानकारी दिए । मदन भण्डारी एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, जिवलाल आश्रित प्रतिष्ठाका केन्द्रीय अध्यक्ष डा सागर न्यौपाने, खेलप्रेमी पुरन गुरुङ, मदन भण्डारी प्रदेशका देवि वाग्ले, शंकर पाण्डे, बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सचिव बिनोद आचार्य, महेश खनालले खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।
एकेडेमीका उपाध्यक्ष आचार्यले मदन भण्डारी एकेडेमीको निक्कै कठिनाईको अवस्थामा स्थापना भएको उल्लेख गर्दे त्यो साझा संस्था भएको दाबी गरे । ब्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यसहित राष्ट्रिय झण्डाको पहिचानका लागि आफूहरु लागि परेको उनको भनाई थियो । भलिबल खेलमा रुचि भएका उमेर समुहका खेलाडीहरुलाई केन्द्रबाट कार्यविधि तयार गरेर आवश्यक योजना अनुसार उत्पादनमा जोड दिने उनले बताए ।
कार्यक्रममा जिवलाल आश्रित प्रतिष्ठाका अध्यक्ष न्यौपानेले सानै उमेरबाट नै खेलकुदमा रोक लगाउने समाजमा अहिले ठूलो परिवर्तन आएको बताए । खेलकुदबाट व्यक्तिको शारीरिकसंगै मानसिक विकासमा पनि सकारात्मक परिवर्तन आउने विश्वास उनले व्यक्त गरे ।
एकेडेमीमा भलिबल प्रशिक्षक राजन कुवरले खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् । असोज १५ गतेबाट शुुरु हुने लाफा समुहको भलिबल प्रतियोगितामा एकेडेमीका २ टिमले भाग लिने भएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]