default_image

3 years ago

September 26, 2021

फुटसल लिगमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि

268 views

0 Bookmark

विजय नेपाली, पोखरा
राष्ट्रिय ए डिभिजन फुटसल लिगमा रेफ्रीको निर्णय प्रति क्लबको असन्तुष्टिबारे लिग कमिटिले छलफल गरेको छ । लिगमा सहभागी सबै टोलीका प्रतिनिधिको हस्ताक्षर सहितको विज्ञप्ती प्राप्त भएपछि शुक्रबार राती नै उक्त विषयप्रति अफिसियलसंग छलफल भएको बताइएको छ ।

आइतबार बिहान लिग कमिटी, अफिसिल र सहभागी १० टोलीका मुख्य प्रशिक्षकबीच भएको छलफलले नियम अनुसार खेलाउने र अब आउने दिनमा गम्भिर कमजोरी भए कारवाही गर्ने गरी सहमति भएको छ । शुक्रबारसम्म अफिसियलको टिम फुटसल कोर्टको उत्तरतर्फ बस्ने गरेपनि शनिवारदेखि भने दक्षिण तर्फ बसेका छन् ।

लिगको सुरु खेलदेखि नै क्लबहरु रेफ्रीप्रति रुष्ट रहँदै आएका थिए । सुरुवाती खेलहरुमा फुटसलको नियम र कोर्ट नै नयाँ भएकाले क्लबहरुले समेत केही बोलेनन् । तर, लिग सुरु भई थुप्रै खेल खेलाउँदा समेत अपरिपक्व निर्णय लिने गरेको क्लबहरुको आरोप रहेको छ । रेफ्रीको गलत निर्णयकै कारण आफ्ना खेलाडी घाइते हुदाँ समेत उल्टै बाहिरीन परेको क्लबहरुको गुनासो छ । पहिलो पटक म्याटमा खेलाइएका कारण खेलाडी घाइते हुनेको संख्या बढिरहेको छ ।

विवाद समाधानका लागि ज्ञापनपत्र प्राप्त हुनासाथ एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले खेल सकिए लगतै पहिलो चरणको छलफल सुरु गरेको बताए । ‘हामी पहिलो चरणको छलफलमा बसिसकेका छौँ । फुटबलबाट आएका रेफ्रीहरु हुन् । उनीहरुले फुटसल सम्बन्धि तालिम लिइसकेका छन् । नयाँ र पहिलो पटक भएकाले केहि कमजोरी भएकै हो’ उनले भने,‘यो सुधार हुँदै गइरहेको छ । पहिला सुरुवातीका खेलमा भन्दा हामी फरक देख्न पाउँछौँ ।’ गुरुङले क्लबहरुको गुनासोको मध्यनजर गर्दै दर्शकको दबाब भएको भन्दै अफिसियलको स्थान तथा खेलाडी बस्ने स्थान समेत परिवर्तन गरको सुनाए ।

खेल फुटबल जस्तो भएको बताउँदै यसलाई फुटसलकै नियम र वास्तविक फुटसल बनाउन समय लाग्ने बताए । उनले आफुहरुले फुटसलकै खेलाडी उत्पादन गर्न लागिपरेको सुनाए । उनले फुटबलका खेलाडीले नै फुटसल खेलिरहेपनि अब भने विशुद्ध फुटसल खेलाडी नै उत्पादन गर्ने लक्ष्य रहेको बताए । अब फुटसलले पनि आफ्नै खेलाडी र अफिसियल उत्पादन गर्ने उनको भनाइ छ ।

क्लबहरु लिगबाट भने खुसी रहेका छन् । फुटसलको महत्वलाई बुझेर एन्फाले लिग गर्नु सुखद भएको नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष तथा ढुकु फुटसल हबका प्रशिक्षक राज महर्जनले बताए । उनले आयोजक प्रति कुनै गुनासो नरहेको तर, रेफ्रीप्रति भने असन्तुष्टि रहेको बताए ।
द राइजिङ क्लब धरानका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको निर्णयका कारण खेलबाट आफुहरु जान चाहेको बताए सुरु खेल देखि नै जित हात पारेपनि रेफ्रीको निर्णयप्रति असन्तष्टि रहँदै आएका थिए । उनले लिगको सम्मानकै कारण विना विवादित रेफ्रीको निर्णय सच्याउनुपर्नेमा जोड दिए ।

शंखमुलको जित
लिग अन्तर्गत आइतबार २ खेल सम्पन्न भएको छ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली सविन मेमोरियलले द राइजिङ क्लब धरानसंग अंक बाडेको छ । खेल ५–५ बराबरीमा टुंगिएको थियो । ५ खेलबाट दुवै टोलीले समान १० अंक जोडेका छन् । गोलअन्तरमा सविन मेमोरियल तस्रो र राइजिङ चौथोमा छ ।

दोस्रो खेलमा भने शंखमुल फुटसलले ढुकु फुटसल हबलाई ६–२ ले हराएको छ । जितसंगै शंखमुल लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शंखमुलको कुल ५ खेलबाट ११ अंक छ ।

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

December 14, 2024

ओलम्पियन संगिना नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]

December 14, 2024

नेपाली हक्की टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]

Success

Thank you for your time.