4 years ago
September 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – महिला बुद्धिचालकी पूर्व राष्ट्रिय च्याम्पियन मोनालिसा खम्बु र खेल पत्रकार राजु घिसिङ वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
झन्डै डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका खम्बु र घिसिङका बीच बुधबार ईन्गेजमेन्ट भएको छ । खुम्बुले अर्को वर्ष विवाह गर्ने योजना रहेको सुनाइन् । सन् २००६ को एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गरेकी खुम्बुले २०१४, २०१६ र २०१८ को वर्ल्ड ओलम्पियाड खेलेकी थिइन् ।
खम्बु अहिले नेपाल बुद्धिचाल संघकी केन्द्रिय सदस्यका साथै महिला विभाग प्रमुख हुन् । उनी पटक पटक गरेर ७ वर्ष बुद्धिचालको महिला च्याम्पियन रहेकी थिइन् । कान्तिपुर दैनिकमा कार्यरत घिसिङ दुई दशकयता खेलकुद पत्रकारितामा आबद्ध छन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]