3 years ago
September 13, 2021
विजय नेपाली, पोखरा
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक पोखरामा राष्ट्रिय फुटसल लिग हुदैँछ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भड हलमा यस अघि नै प्रतियोगिता आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो ।
एन्फाले लिगका लागि छनोट चरणका खेलबाट विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो । एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो । जसमा गण्डकी प्रदेशको समेत २ टिमको सहभागिता रहेको छ ।
कोरोनाका कारण स्थगित फुटसल लिग असोज २ गतेदेखि हुनेभएपछि यतिबेला बहुउदेश्यीय हल निमार्णको काम सुरु गरिएको छ । अहिले हलमा लिगका लागि कार्पेट विछ्याउने काम चलिरहेको छ । एन्फाले काठमाण्डौँमा मंगलबार खेल तालिका सार्वजानिक गर्दै मिति तय गरेको छ । लिग असोज २२ गतेसम्पन्न हुनेछ ।
राउन्डरोविन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुनेछ । लिगका लागि पोखराका होटलहरु समेत तयारी भइरहेको एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिए ।
‘एन्फाको आयोजनामा पोखरामा राष्ट्रिय फुटसल लिग हुदैँ छ । यो नेपालकै पहिलो फुटसल लिग हो ’ उनले भने,‘ लिगको तयारीमा जुटिरहेका छौ । करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेका छन् । कार्पेट राख्ने काममा बाँकी थियो त्यो पनि सकियो । अहिले स्टेज बनाउने देखि लाइट राख्ने र सरसफाइको काम चलिरहेको छ । ’
लिग पोखरामा नै हुने यस अघि नै तय भइसकेको गुरुङले बताए । उनले थपे ‘लिग पोखरामा नै हुने तय भइसकेको थियो हामीले बैशाखमा आयोजना गर्ने गरी तयारी गरेपनि कोभिडका कारण छनोट चरणका खेल चैत १ देखि सुरु भएर वैशाखसम्म आयोजना गरिएको थियो । छनोटखेल पनि गण्डकीमै समापन गरिएको हो ।’ काठमाण्डौँलाई मात्र केन्द्रित हुने गरेपनि पहिलो पटक राजधानी बाहिर ठूलो प्रतियोगिताको रुपमा फुटसलको आयोजना हुन लागेको हो ।’
५÷५ जना खेलिने फुटसलमा खेलाडी बारम्बार परिर्वतन गर्न सकिने उनले बताए । होटल व्यवस्थापन भइसकेको र सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीको चरक मेमोरियल अस्पतालमा कोरोना परिक्षण गराएर मात्र लिगमा सहभागि गराउने गुरुङले जानकारी दिए ।
उनले दर्शकका लागि पनि खोप लगाएकालाई प्रवेश दिनेभन्ने सोच गरेको भएपनि जिल्ला प्रशासन कार्यालय कास्कीसंग समन्वय गरेर मात्र निर्णय लिने ताए । संघले प्रत्येक टिमलाई तयारी खर्च बापत समान १ लाख रुपैँया प्रदान गरेको छ । चैत र बैशाखमा भएको छनोट चरणमा देशभरका ५२ टिमको सहभागिता थियो ।
लिगमा सबैभन्दा बढि बागमती प्रदेशबाट सहभागिता जनाएका छन् । बागमती प्रदेशबाट ४ टिमको सहभागिता छ । बागमतीबाट ढुकु फुटसल हव, शंखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काइ गोल्स फुटसल क्लब रहेका छन् । यस्तै गण्डकी प्रदेशबाट स्पोट्र्स क्यासल र सविन मेमोरियल गरी २ टिमको सहभागिता रहेको छ । प्रदेश १ बाट फुटसल ५ धरान, दी राइजिङ क्लब धरान रहेका छन् । यस्तै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट गरी लुम्बिनी फुटसल र झरना स्पोर्टस क्लबको सहभागिता रहने छ ।
लिग विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । लिगको विंगर (आला-पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]