default_image

3 years ago

September 12, 2021

टाइगर कप माघमा हुने, पुरस्कारमा दोब्बर बृद्धि

144 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रण पुरुष तथा महिला राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आगमी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ ।

आयोजक टाइगर ग्रुपले दोस्रो संस्करणको टाइगर कप आगमी माघको १० देखि १५ गतेसम्म पोखरा रंगशालामा गर्ने निर्णय गरेको हो । यसपटक पुरस्कार राशिमा पनि बृद्धि गरिएको आयोजकले जनाएको छ ।

महिला पुरुषमा च्याम्पियन हुने टोलीले समान ३ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । दोस्रो हुने टोलीले १ लाख ५० हजार, तेस्रोले ७५ हजार तथा सान्त्वना टोलीले ३५ हजार हात पार्नेछ ।

गतवर्ष विजेताले १ लाख ५० हजार, दोस्रोले ७५ हजार तथा तेस्रो भएको टोलीले ३५ हजार र चौथो टोलीले १५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
सर्वोत्कृष्ट खेलाडी, व्यत्तिगत विधा र सहभागी टोलीबारे आयोजकले निर्णय गरिसकेको छैन । गतवर्ष पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल र एपिएफ क्लब र नेपाल पुलिस क्लबले सहभागिता जनाएको थियो ।

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । पुरुषततर्फ गण्डकी प्रदेशले विभागीय आर्मीमाथि ३–२ को सेटमा हराउँदै ऐतिहासिक उपाधि जितेको थियो । महिलामा एपिएफलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.