default_image

4 years ago

September 11, 2021

राखेपका पूर्व सदस्य सचिव राणा रहेनन्

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । मृगौलाको नियमित डायलासिस गराइरहेका राणाको ८५ वर्षको उमेर बत्तिसपुतली स्थित निवासमा शुक्रबार राती ९ः४५ बजे मृत्यु भएको उनका छोरी ज्वाई अनिलकेशरी शाहले जानकारी दिए ।

लामो समय खेलकुदका विभिन्न पदमा रहेका राणा दुई पटक (२०५१/५२, ०५४/५५) राखेप सदस्य सचिव बनेका थिए । उनी लामो समय एनओसीको नेतृत्वमा रहेका थिए । सन् १९९२ देखि १९९६ सम्म एनओसी महासचिव रहेका राणा १९९८ देखि २००७ सम्म अध्यक्ष रहेका थिए ।

एनओसीका मानार्थ अध्यक्ष समेत रहेका राणा नेपाल तेक्वान्दो संघ, अखिल नेपाल फुटबल संघ, नेपाल एथलेटिक्स संघका अध्यक्ष रहेका थिए ।नेपाल कांग्रेसका नेता सुवर्ण शमशेर राणाका छोरा रुक्म शमशेर भारतका लागि पूर्व राजदुत पनि हुन् । ज्वाई शाहका अनुसार शनिबार उनको अन्तिम संस्कारण गरिनेछ । राणाका श्रीमती र १ छोरी छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.