4 years ago
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणको खेल सकिँदा ५ खेलाडीले संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् ।
कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा संचालित प्रतियोगिताको तेस्रो दिन बिहीबार चौथो र पाँचौं चरणको खेलपछि सजिलोसिभी डटकमका फिडेमास्टर रुपेश जैसबाल, थापाथलि चेस पार्कका फिडेमास्टर क्षितिज भण्डारी, डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला, फिडेमास्टर मनिष हमाल र पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली समान साढे चार अंकका संयुक्त रुपमा अगाडि रहेका छन् ।
ललितपुर स्पोर्टस् क्लबद्धारा आयोजित प्रतियोगितामा एसियन एमेच्योर च्याम्पियन हेटौडाका कृष्ण थापा, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा, दमकका राजन सुवेदी र सर्लाहीका कमल श्रेष्ठले समान ४ अंकसहित दोश्रो स्थानमा छन् ।
पाँच दिने प्रतियोगितामा स्वीस लिग अनुसार ९ चरणका खेलहरु हुनेछन् । प्रतियोगिताको विजेताले ५० हजार, दोश्राले ३० हजार, तेश्राले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट ३३ जनाले कुल ३ लाख १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । चौथो दिन शुक्रबार छैटौं र सातौं चरणका खेल हुनेछन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]