default_image

3 years ago

September 2, 2021

प्रहरीका ५२ खेलाडीद्वारा आधारभूत तालिम सम्पन्न

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका विभिन्न खेलका ५२ जना खेलाडीले प्रहरी जवान आधारभूत नौ महिना तालिम सम्पन्न गरेका छन् । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आधारभूत तालिम सम्पन्न भएको हो ।

कोरोना समयमा खेल नभएको अवसरको सदुपयोग गर्दै पुलिसले खेलाडीलाई आधारभूत तालिम दिएको हो । योसँगै खेलाडीलाई नेपाल प्रहरीको सेवा सुविधा वृद्धि र पदोन्नतीको लागि अगाडिका सबै बाटोहरु खुलेका छन् । नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरुले तालिम गरेका थिए । तालिमा भरात्तोलनको ६, पुरुष भलिबल ७, महिला भलिबल ६, पुरुष फुटबल ७ र महिला फुटबल ८ खेलाडी थिए । जुडोबाट ३, कराँते २, टेबलटेनिस र उत्सु ४–४ खेलाडी थिए । महिला कबड्डी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ र क्रिकेटका एक एक खेलाडी थिए ।

‘खेलाडीको लागि यो तालिम निकै महत्त्वपूर्ण छ । हामीले जागिर खाएपछि नगरी नहुने तालिम हो । नियम अनुसार न्यूनतम तालिम नगरी प्रहरीमा कुनैपनि पदोन्नती देखि वृत्तिविकास र सेवा सुविधा पाइदैन । त्यसैले अनियार्य रुपमा तालिम गर्नुपर्छ’, नेपाल भलिबल टोलीका पूर्वकप्तान तथा नेपाल प्रहरीको सम्पूर्ण खेलकुद हेर्दै आएका प्रहरी निरिक्षक भरत बहादुर शाहले हाम्रो खेलकुदसँग भने ।

‘पेशागत रुपमा पनि न्यूनतम तालिम अनिवार्य हो । अर्कोतर्फ नौ महिना तालिमले शारीरिक र मानसिक दुवै रुपमा खेलाडीलाई बलियो बनाउँछ । त्यसले खेलाडीको प्रदर्शनमा सुधार गर्दै संगठन र देश दुवैलाई अझ राम्रो योगदान दिन सक्छन्’, शाहले तालिमको महत्त्व प्रष्ट पारे । त्यसैमा उनले थपे, ‘हामीले विभिन्न विधाबाट खेलाडी ल्याउँछौ । खेलपछि कहाँ जाने त । उनीहरुको भविष्य पनि सुरक्षित गर्नुपर्छ ।’

‘राम्रो खेलेपछि संगठनमा पदोन्नोती हुन्छ । तर आधारभूत तालिम गरेको छैन भने जति राम्रो खेलेपनि बढुवा हुन सक्दैन । त्यसैले १३ औं सागमा केहि खेलाडी पदक जितेर पनि बढुका हुन पाएनन्’, शाहले भने ।

‘नेशनल एकेडेमीमा प्रहरी जवानको तालिम भने हुँदैन । त्यहाँ सिनियर अफिसरको बेसिक (न्यूनतम) तालिम मात्र हुन्छ । हामीले खेलाडी राष्ट्रको गहना भन्छौं । कोरोना कारण खेल गतिविधि त्यसैपनि बन्द भएको छ । यहि समय पारेर आधारभूत तालिम गराएका हौं । एकेडेमीमा गराउनुको उदेश्य नेपाल खेलकुद समितिको कार्यलय त्यहाँ हुँदा हाम्रो प्रत्यक्ष निरिक्षणमा आ–आफ्नो खेलको अभ्यास गर्ने वातावरण मिलाएर पेशागत ज्ञान दिएका थियौं,’ भलिबलमा लामो समय विताएका पूर्व कप्तान शाहले तालिमबारे प्रष्ट पारे ।

नेपालले १३ औं सागमा नेपालले जितेका कुल ५१ स्वर्ण मध्य नेपाल प्रहरीले १६ स्वर्ण पदक जितेको थियो । आधारभूत तालिमको कारण महिला भलिबलका तीन खेलाडी कामना विष्ट, शान्तिकला तामाङ र पुनम चन्दलाई पुलिसले राष्ट्रिय प्रशिक्षणमा पठाएको थिएन । तालिम अन्तिम चरणमा पुगेको हुँदा प्रशिक्षणमा नपठाउने निर्णय लिएको थियो ।

क्रिकेटबाट एकमात्र खेलाडीको रुपमा नेपाली टोलीका बायाँ हाते ओपनर दीलिप नाथ थिए । तालिमको सयममा खेल निकै मिस हुने दीलिप बताउँछन् । ‘तालिम कसरी कटाउने होला भन्ने लागेको थियो । उतासाथीहरु मैदान हुँदा म प्रशिक्षणमा हुँदा नराम्रो त लागिहाल्छ । कहिले सकिएला र खेल्न पाइएला जस्तो भइरहेको थियो’, दीलिपले भने ।

‘तालिमले शारीरिकसँगै मानसिक रुपमा पनि धेरै सहयोग गर्छ । अनुशान र समयको महत्त्व झन् बढायो । पहिला हामी दुई घण्टा अभ्यास गरेर दिनभर आराम गथ्र्यौ । तालिम पछि अहिले ६,७ घण्टा तालिम गर्न सक्ने क्षमता बढाएको छ’, उनले भने ।

आधारभूत तालिम सम्पन्न गरेका ५२ खेलाडी यस प्रकार छन् :

ओम प्रकाश बैश्य भारत्तोलन

सुधा थापा भारत्तोलन

सन्देश गुरुङ्ग भारत्तोलन

अशोक कुमार शाह भारत्तोलन

विद्या राई भारत्तोलन

विशाल सिंह बिष्‍ट भारत्तोलन

तोरण बहादुर चन्द भलिबल

रविन चन्द भलिबल

दिपेन मल्लिक भलिबल

जल राज पाण्डे भलिबल

अभिशेक थिङ तामाङ भलिबल

सरोज चम्लागाई भलिबल

झमान सिंह दर्जी

भलिबल कोपिला राना म.भलिबल

शान्तिकला तामाङ्ग म.भलिबल

कामना बिष्‍ट म.भलिबल

रिता बोहरा म.भलिबल

पुनम चन्द म.भलिबल

अनिता श्रेष्‍ठ म.भलिबल

दिपेश राई बक्सिङ

हेमन्त श्रेष्ठ पु.फुटबल

बुद्ध बल तामाङ पु.फुटबल

सौजन राई पु.फुटबल

निर्मला वि.क. म.फुटबल

सृजना खड्का म.फुटबल

दिपा न्यौपाने म.फुटबल

कमला चौधरी म.फुटबल

बिमला शेर्पा म.फुटबल

पुन्जली कुश्‍वार म.फुटबल

रेविका पाण्डे म.फुटबल

मोनिका पुलामी मगर म.फुटबल

निर्मला उपाध्याय म.फुटबल

बिरेन्द्र चौधरी एथ्लेटिक्स

मनिता प्रधान श्रेष्‍ठ जुडो

प्रतिभा पुलामी मगर जुडो

सुदेश धोङ जुडो

कविता पौडेल कराते

लक्ष्मी आले श्रेष्ठ कराते

निमा गुरुङ्ग तेक्वान्दो

मनोज मल्ल तेक्वान्दो

शूष्मा श्रेष्‍ठ तेक्वान्दो

प्रदिप रोका टि.टि.

मन्जु सुवाल टि.टि.

यशस्वी अवाल टि.टि.

सोनु थापा मगर टि.टि.

निता लम्साल ब्याडमिन्टन

दिलिप नाथ क्रिकेट

चन्द्र कुमार लिम्वु उसु

दिपेन्द्र सिंजाली मगर उसु

रिता ठकुल्ला उसु

मुकेश पण्डित उसु

गंगा रास्कोटी मगर म.कबड्डी

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.