3 years ago
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका पदक विजेता ३ खेलाडीसहित ४ सदस्यीय बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।
भदौ ४ गतेदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको च्याम्पियनसिपबाट फर्केको टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, प्रवक्ता श्याम अवाले, मुख्य प्रशिक्षक प्रकाश थापालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
६ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दा ३ खेलाडीले पदक जितेका थिए । स्वस्तिका तिरुवाले लाइट बेन्टम ५२ केजी मुन, नारिका राईले ५७ केजी मुनी र छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ केजी मुनि कास्य पदक जितेका थिए । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेकोसंघले जनाएको छ ।
चावहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरुले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए । छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए ।
कांस्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरीले प्रतियोगितामा भाग लिएका थिए । अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभइ सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको उल्लेख गर्दै नेपाली खेलाडी पनि कोहि भन्दा कम नभएको सन्देश दिन सफल भएको बताए ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]