4 years ago
August 25, 2021
काठमाडौ (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले अन्तर्राष्ट्रिय अनलाइन ओपन तेक्वान्दो पुम्सेमा पदक जितेका छन् । भारतको मोहन्स तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कल्पना थापा, रमेश कार्कीले स्वर्ण तथा राजु नगरकोटीले रजत पदक जितेका छन् ।
अमेरिकामा बसोबास गर्दै आएकी कल्पनाले महिला मास्टर्समा स्वर्ण पदक जितेकी हुन् । ५.९ स्कोरका साथ कल्पनाले पहिलो स्थान प्राप्त गरेकी हुन् । त्यसमा हङकङकी निरुल हिमाले रजत तथा भारतका सुनिता माने र मोना अभिषेकले संयुक्त रुपमा कास्य पदक जितेका थिए ।
सिनियर पुरुषतर्फ भारतीय सेनामा कार्यरत रमेश र भारतका नाभिद काजल्वाले संयुक्त रुपमा स्वर्ण पदक जितेका हुन् । ८ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त समूह अमेरिकी अरमान गान्धीले रजत तथा भारतका पिभी दुर्गा गोपाल र देव नारायणनले संयुक्त रुपमा कास्य पदक जितेका थिए ।
पुरुष मास्टर्समा अमेरिका बस्दै आएका राजु र पि चिन्तानायकले संयुक्त रुपमा रजत जितेको समूहमा भारतका महेन्द्र मोहनले स्वर्ण पदक जितेका थिए । त्यस्तै भारतका एस वेन्कटेस के र भिनय एक कोथानीले कास्य पदक जितेका छन् ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]