3 years ago
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– खेल जीवनको सफलतामा आफैले अवार्ड जितेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठको नेतृत्वमा इयरले दिमोत्रिभा वारेन अवार्ड विजेताको छनोट गरिने भएको छ ।
नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ । झन्डै दुई वर्ष अघि स्वदेशमा भएको सागको एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषी अवार्ड छनोट समितिको निर्देशकका रुपमा क्रियासिल रहेकी छिन् । अवार्ड महिला तथा किशोरी सशक्तिकरणका लागि योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिने जनाएको छ ।
ट्रष्टले वार्षिक रुपमा अवार्ड विविध क्षेत्रमा उदाहरणीय कार्य गरेका महिला तथा किशोरीलाई समेत प्रदान गरिने लक्ष्य राखेको छ । त्यसमा विविधि उद्यम, खेलकुद, शिक्षा, स्वास्थ्य, अधिकार, न्याय, सेवा तथा समुदायिक क्रियाकलापमा उदाहरणीय प्रयास गरेकाहरु पर्नेछन् । आफ्नै तवरमा सशक्तिकरण भएका महिला तथा सशक्तिकरणमा योगदान पु¥याइरहेका जो कोही व्यक्ति वा संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यका साथ अवार्ड दिने घोषणा गरिएको हो ।
अवार्ड विजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै विजेताले गरिरहेको कार्यलाई थप सहज बनाउन अन्य सहायता पनि गर्ने गरी अवार्ड घोषणा गरिएको बताइएको छ । पुरस्कार राशी तथा सहायता हरेक वर्ष विस्तार गरिने ट्रष्टले जनाएको छ । नेपालको कुनैपनि क्षेत्रमा महिला तथा किशोरी सशक्तिकरणका लागि जुनसुकै प्रकारका योगदान गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले अवार्डको लागि निवेदन वा सिफारिस गर्न सकिने बताइएको छ । अवार्डको मनोनयनका लागि असोज १४ गते सम्म गुगल फारममार्फत निवेदन सकिने र निवेदन फारम ट्रस्टको वेवसाइटमा रहेको जनाएको छ ।
ग्रामिण विकास र सशक्तिकरणमा सक्रिय इयरले ट्रस्टले धादिङको सिद्धलेख गाउँपालिकामा समुदाय स्तरमा विद्यालय सञ्चालन गरिरहेको छ । त्यस्तै सामुदायिक शिक्षा तथा बालविकास, स्वास्थ्य, खेलकुद विविध उद्यमशीलता लगायतमा तालिम तथा शिविर सञ्चालन, आवश्यक सामाग्री प्रदान, छात्रवृत्ति तथा प्रायोजन, भौतिक संरचना निर्माण, वातावरण संरक्षण गर्ने कार्य गरिरहेको छ ।
ट्रस्टको संस्थापक जोन इयरले र ट्रस्ट सदस्य डोरियाना दिमित्रोभाको सक्रियतामा अवार्ड आयोजना गरिएको हो । दुवै युरेपेली नागरिक हुन् ।
सन्तोषी गत वर्षबाट ट्रष्टमा आबद्ध भएकी हुन् । उनी ट्रष्टको सद्भावना दुतका रुपमा क्रियासिल रहेकी छिन् । उनको खेल जीवनलाई निरन्तरता दिनका लागि पनि ट्रष्टले सहयोग गर्दै आएकी छिन् ।
सन्तोषीले पनि आफ्नो समयअनकुलमा ट्रष्टले उद्देश्य अनुरुपमा अनुभव साट्ने गरेकी छिन् । ‘म खेलाडीका साथै पब्लिक हेल्थको विधार्थी पनि हु । मेरो रुची अनुसार ट्रष्टको उद्देश्य भएकाले जोडिएको हु,’ उनले भनिन्, ‘यसमा मैले आफ्नो अनभुव र ज्ञानलाई साट्ने गरेको छु । मेरो खेल जीवन र भावनाले कसैलाई प्रेरित गर्यो भने खुसी लाग्छ ।’
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]