default_image

3 years ago

August 24, 2021

युथ एथलेटिक्स च्याम्पियनसिप मंसिरमा

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हालै गठन भएको एथलेटिक्स परिवार नेपालले मंसिरमा युथ एथलेटिक्स च्याम्पिनसिप आयोजना गर्ने भएको छ । काठमाडौंमा मंसिर १८ गते हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू २० उमेर समूहको प्रतिस्पर्धा समावेश गरिने एथलेटिक्स परिवारले मंगलबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

च्याम्पियसिपमा यू १६ का १२ र यू २० का १६ गरि कुल २८ इभेन्ट्समा प्रतिस्पर्धा हुने बताइएको छ । छात्र छात्रा यू १६ मा ६० मिटर, सय मिटर, ८ सय मिटर, सटपुट थ्रो, लङजम्प र ४ गुणा सय रिलेको प्रतिस्पर्धा हुनेछ । त्यस्तै छात्र छात्रा यू २० मा सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ हजार मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट थ्रो, ४ गुणा सय मिटर रिले दौड समावेश हुने एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

साउनमा गठन भएको एथलेटिक्स परिवारले भदौ १ गते पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७८–०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको थियो । समितिका अध्यक्ष खत्रीले यस आर्थिक वर्षका लागि चार खेलकुद प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा राखिएको र विस्तारै प्रतियोगिताबाहेक अन्य गतिविधि पनि अगाडि बढाउँदै लैजाने बताएका थिए ।

सोही घोषणा अनुसार मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६, यु–२०) आयोजना हुन लागेको हो । माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट आयोजना गर्ने एथलेटिक्स परिवारको योजना छ । त्यस्तै २०७९ साउनमा खुला क्रसकन्ट्री दौड आयोजना गर्ने बताइएको छ । झिल्टुङसँग एथलेटिक्स परिवारको सहकार्य रहनेछ ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.