default_image

4 years ago

August 24, 2021

पारालिम्पिकको मार्च पासमा पलेशाले झण्डा बोक्ने

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारालिम्पिक टोकियो २०२० को औपचारिक उद्घाटन आज हुँदैछ । पारालिम्पिककी एक मात्र नेपाली प्रतिस्पर्धी तेक्वान्दोकी पलेशा गोबद्र्धनले उद्घाटनको मार्च पासमा नेपालको झण्डा बोक्ने छिन् ।

पलेशासँगै मार्च पासमा सेफ दि मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र डाक्टर दीपक श्रेष्ठ रहने प्रशिक्षक लामाले जानकारी दिए । टिम अफिसरका रुपमा विश्वास बस्नेत र अफिसियलका रुपमा ओलम्पियन दीपक विष्ट पनि टोकोयो पुगेका छन् । पारालिम्पिक टोली साउन ४ गते जापान गएको थियो ।
वाइल्ड कार्डबाट सहभागिता निश्चित एकी पलेशाले के–४४ विधामा ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् । तेक्वान्दो सेप्टेम्बर ३ मा सुरु हुनेछ । एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी पलेशासँग विश्व च्याम्पियनसिपमा खेलेको अनुभव पनि छ ।

कोरोना संक्रमणका कारण छनोट प्रतियोगिता खेल्न जान नपाएकी पलेशा वाइल्ड कार्ड पाएपछि भाग्यमानी सावित भएकी थिइन् । पारालिम्पिक टोलीलाई खेलकुद सामाग्री उत्पादक केल्मीले ओलम्पिक टोली सरहनै सामग्री हस्तान्तरण गरेको थियो ।

पारालिम्पिकको १६ औं संस्करणमा जापानले दोस्रो पटक यसको आयोजनाको अवसर पाएको छ । यसअघि जापानले सन् १९६४ मा आयोजना गरेको थियो । यसपटक सेप्टेम्बर ५ सम्म हुने पारालिम्पिकमा २२ खेलका ५ सय ३७ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ । १ सय ६३ देशका ४ हजार ५ सय ३५ जना खेलाडीले पारालिम्पिकमा प्रतिस्पर्धा गर्ने बताइएको छ । तेक्वान्दो र ब्याडमिन्टन पहिलो पटक पारालिम्पिकमा समावेश गरिएको हो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.