3 years ago
August 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा जारी एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपाली मुक्केवाज सुलभ माली पराजित भएका छन् । ५४ केजी तौल समूहमा सोमबार सुलभ इरानी प्रतिद्वन्द्विसँग पराजित भएका हुन् ।
जारी प्रतियोगितामा नेपाली ३ मुक्केवाजले भने पदक पक्का गरिसकेका छन्। जुनियर ५४ किलो तौल समूहमा छिरिङ वाङ्दी, महिला ५२ केजीमा स्वस्तिका तिरुवाल र ५७ केजीमा नारिका राईले पदक प्राप्त गरेका हुन् ।
कुवेतका मोहमद् लाई पराजित आइतबार ५–० ले हराउँदै छिरिङ सेमिफाइनलमा पुगिेका थिए । उनले फाइनल प्रवेशका लागि कजगिस्तानका अडाल्बेक नियाज्बाको सामना गर्नेछन् । नेपाली ६ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
युवा मुक्केबाज इन्द्र बहादुर सुनारले इरानी प्रतिद्वन्दिविरुद्ध पहिलो राउण्डमा उत्कृष्ट खेलेपनि दोस्रो र तेस्रो राउण्डमा पछि परेका थिए । ७१ केजी तौलमा सुदेन गिरी आर एस सी को आधारमा पराजित भएका थिए ।
January 1, 2025
सुमन अधिकारी, बुटवल मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बुधवार बुटवलमा सुरु भएको “मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१” मा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिस विजयी भएको […]
December 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- थापाथली चेस पार्कले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबमाथि मंगलवार कठिन जित निकाल्दै थापाथली चेसले उपाधि जितेको हो।थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्यापिड चरण सम्म धकेल्न सफल भएको थियो। ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा […]
December 30, 2024
सुमन अधिकारी, बुटवल बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ बुधवार सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन चल्नेछ […]